नेपाल राष्ट्र बैंकद्वारा वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक (पूर्णपाठ)
वि.सं.२०८१ वैशाख ३० आइतवार
काठमाडौं। नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरण सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको आज आर्थिक वर्ष २०८०र८१ को नौमहिनाको तथ्याङ्कमा आधारित तथ्यांक सार्वजनिक गरेको हो ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४ .६१ प्रतिशत रहेको छ । आयात २ .८ प्रतिशत, निर्यात ३ .७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २ .८ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९ .८ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति रु .३६५ अर्ब १६ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु. १९११ अर्ब ८६ करोड र अमेरिकी डलरमा १४ अर्ब ३६ करोड रहेको छ । नेपाल सरकारको खर्च रु.९०९ अर्ब ३९ करोड र राजस्व परिचालन रु .७४८ अर्ब ४ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ७ .५ प्रतिशतले बढेकोछ ।
वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.२ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४ .६ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४ .९ प्रतिशत रहेको छ ।
प्रकाशित समय : २१:२६ बजे





















