back

नेपाल राष्ट्र बैंकको सम्पत्ति साढे १८ खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति साढे १८ खर्ब रुपैयाँ पुगेको छ।

केन्द्रीय बैंकले चालू वर्षको आठ महिनामा पौने ३ खर्बको सम्पत्ति थपेको हो।

गत असार मसान्तसम्म राष्ट्र बैंकको कुल सम्पत्ति १५ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँ मौज्दात थियो।

फागुन मसान्तसम्म आइपुग्दा यस्तो सम्पत्ति २ खर्ब ७१ अर्ब रुपैयाँले थप भएर १८ अर्ब ५९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकद्वारा सार्वजनिक फागुन मसान्तसम्मको वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको विदेशी मुद्रा सम्पत्ति १७ खर्ब ५२ अर्ब २३ करोड छ भने १ अर्ब ६ अर्ब ८३ करोड बराबरको स्वदेशी मुद्रा सम्पत्ति रहेको छ।

राष्ट्र बैंकले विदेशका विभिन्न बैंक खातामा १ खर्ब ८२ अर्ब ९० करोड रुपैयाँ राखेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सम्बद्ध २५ अर्ब ३० करोड, ५ खर्ब ८६ अर्ब ४८ करोड विदेशी बैंकमा टर्म डिपोजिट, ८ खर्ब ८३ अर्ब ७ करोड विदेशी ऋणपत्रमा लगानी, ७४ अर्ब ५२ करोड विदेशी सुनमा लगानी गरेको छ।

यस्तै, राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थामा ४० लाख रुपैयाँ राखेको छ भने ३६ अर्ब १७ करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गरेको छ।

बाँकी राष्ट्र बैंकले सरकार, बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा सापटीलगायत सम्पत्ति रहेको छ।


राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:५८

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख १६ आइतवार ११:३९

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका...

लगानी सम्मेलन सुरु: सबैभन्दा धेरै चिनियाँ लगानीकर्ता,५५ भन्दा बढी देशबाट १६ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता

लगानी सम्मेलन सुरु: सबैभन्दा धेरै चिनियाँ लगानीकर्ता,५५ भन्दा बढी देशबाट १६ सयभन्दा धेरै लगानीकर्ताको सहभागिता

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:४७

काठमाडौँ । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सबैभन्दा धेरै...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, बैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, बैशाख अन्तिम साता ‘ब्रेक थ्रू’

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:३१

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन...

तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका परियोजना प्रस्तुत गरिँदै

तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्बका परियोजना प्रस्तुत गरिँदै

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२३

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत...

नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २२:२४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न भएको...