back
himalayan life

नेपालको अन्तर्राष्ट्रिय व्यापार खुम्चियो : आयात र निर्यात दुवै घट्यो, साढे ४ खर्ब नाघ्यो व्यापार घाटा,खुम्चियो नेपालको वैदेशिक व्यापार पनि

समीक्षा अवधिमा नेपालबाट हुने निर्यात पनि घटेको छ

काठमाडौं । नेपालमा आयात र निर्यात दुवै बढ्न सकेको छैन । चालु आर्थिक वर्षको पहिलो चार महिनामा आयात ३.७९ प्रतिशत निर्यात ७.६८ प्रतिशतले खुम्चिएको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक मसान्तसम्म नेपालले ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, गत आवको सोही अवधिको तुलनामा भने २० अर्ब १८ करोड ७९ लाख रुपैयाँले कमी हो ।

विभागका अनुसार गत आवको कात्तिक मसान्तसम्ममा भने ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको आयात भएको थियो । चाडपर्वको मुख्य सिजनमा पनि आयात बढ्न नसकेको देखिन्छ । विशेषगरि आर्थिक सुस्ताले पनि आयात बढ्न नसकेको जानकारवालाहरु बताउँछन् ।

समीक्षा अवधिमा नेपालबाट हुने निर्यात पनि घटेको छ । गत आवको चार महिनामा ५४ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो । तर, चालु आवको सोही अवधिमा भने ४ अर्ब २० करोड ८९ लाख रुपैयाँले घटेर ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँ कायम भएको छ ।

आयात र निर्यात घटेपछि नेपालको वैदेशिक व्यापार पनि खुम्चिएको छ ।

समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार ५ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ कायम भएको छ। तर, यो गत आवको कात्तिक मसान्तसम्मको तुलनामा भने ४.१५ प्रतिशतले कमी हो ।

चार महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

शिक्षा क्षेत्रको बजेट २ खर्ब १८ अर्ब, ६९ प्रतिशतभन्दा बढी रकम स्थानीय तहमा 

वि.सं.२०८३ असार ४ बिहीवार १२:५०

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक...

‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

‘स्वर्णिम बजेट’ : समृद्ध नेपालको प्रारम्भिक रेखा कि चुनौतीपूर्ण लक्ष्य ?

वि.सं.२०८३ असार ४ बिहीवार १२:४६

काठमाडौं । दुई तिहाइ नजिकको राजनीतिक समर्थन पाएको सरकारले अर्थमन्त्री...

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री वाग्ले

खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार ३ बुधवार १८:२१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्र...

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

५०० दरका नयाँ नोट आजदेखि चलनचल्तीमा,यस्ता छन् नयाँ नोटका विशेषता

वि.सं.२०८३ असार ३ बुधवार ०९:४२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय दरका नयाँ...