back
himalayan life

बैंकबाट डेढ लाखले लिए सस्तो ब्याजमा २ खर्ब बढी ऋण, सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट करिब डेढ लाख जनाले सस्तो ब्याजमा कर्जा लिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनासम्म १ लाख ४६ हजार ८६६ जनाले सहुलियत ब्याजमा २ खर्ब ३ अर्ब २४ करोड ८० लाख रुपैयाँ कर्जा लिएका हुन् ।

विभिन्न १० वटा क्षेत्रका सो रकम लगानी भएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी कर्जा लगानी कृषि क्षेत्रमा भएको छ ।

यस क्षेत्रमा चालू आवको १० महिनासम्म १ खर्ब ३८ अर्ब ८७ करोड ५० लाख रुपैयाँ लगानी भएको छ । कृषि क्षेत्रमा गत वर्ष १ खर्ब ३९ अर्ब २३ करोड ४० लाख र अघिल्लो आर्थिक वर्ष १ खर्ब ६ खर्ब ९७ करोड ८० लाख रुपैयाँ कर्जा सस्तो ब्याजमा लगानी भएको थियो ।

यस्तै, महिला उद्यम क्षेत्रमा ६१ अर्ब ३० करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कर्जा ८३ हजार ३५८ जनाले लिएका छन् । गत वर्ष ७० अर्ब र अघिल्लो आर्थिक वर्ष ५० अर्ब रुपैयाँ बढी यस क्षेत्रमा कर्जा लगानी भएको थियो ।

शिक्षित यूवा स्वरोजगारमा पनि ४ करोड ६० लाख रुपैयाँ कर्जा सस्तो ब्याजमा ल गानी भएको छ । यो कर्जाको उपयोग १७८ जनाले गरेका छन् । शिक्षित यूवा स्वरोजगारतर्फ गत वर्ष ७ करोड ६० लाख र अघिल्लो वर्ष ६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

९ सय ९ जनाले परियोजना धितोतर्फ ४४ करोड ८० लाख रुपैयाँ ऋण सस्तो ब्याजमा लिएका छन् । गत वर्ष यो क्षेत्रमा ५६ करोड ४० लाख र अघिल्लो वर्ष ५९ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

दलित समुदाय व्यवसाय विकासतर्फ पनि ४६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो क्षेत्रका १ हजार ३९ जनाले कर्जा लिएका छन् ।

यस्तै, उच्च प्राविधिकतर्फ ३ करोड १० लाख, टेक्सटाइल उद्योगतर्फ अर्ब २ करोड ६० लाख रुपैयाँ, भुकम्प पीडिततर्फ २ करोड, यूवा स्वरोजगारतर्फ १ करोड र सिटीईभीटी तालिम–तर्फ २ लाख रुपैयाँ कर्जा लगानी भएको देखिएको छ ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...