back
himalayan life

साउन १ गतेदेखि स्वचालित रुपमा पूर्व र अन्तिम श्रम स्वीकृति पाइने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

म्यानपावर कम्पनीले आफ्नै कम्पनीमा बसेर वैदेशिक रोजगारीमा जाने श्रमिकको सूचना अनलाइनमा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्ने निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।

उनका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि पूर्व र अन्तिम श्रम स्वीकृतिका लागि फाइल बोकेर म्यानपावर कम्पनी श्रम तथा रोजगार कार्यालयमा धाउने अवस्थाको अन्त्य हुनेछ ।

मन्त्रालयले अहिलेको अनलाइन प्रणालीलाई परिमार्जन गर्दै पूर्व र अन्तिम श्रम स्वीकृतिसम्बन्धी सबै काम स्वचालित प्रणालीबाटै हुने व्यवस्था गरेको हो । वैदेशिक रोजगार व्यवसायीले गलत कागजात पेस गरी प्रविष्ट गरेमा वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली २०६४ बमोजिम कम्पनी खारेजीसम्मको सजाए हुने गरी निर्णय गरिएको जनाएको छ ।

यसैगरी अबदेखि श्रम स्वीकृतिका लागि आएका आवेदनको विवरण प्रमाणीकरण र अनुगमनको काम पनि अधिकृत तहका कर्मचारीले गर्ने गरी व्यवस्था गरिएको पनि श्रम सचिव अर्यालले जानकारी दिए । यसअघि ‘फेमिस सिस्टम’मार्फत दिएका आवेदन विभिन्न तहमा कर्मचारीले प्रमाणित गर्ने हुँदा काम ढिलो हुने गर्दथ्यो ।

पछिल्लो समय सबैखाले श्रम स्वीकृति अनलाइनमार्फत नै प्रदान हुन थालेपछि अब भने कुनै पनि कामका लागि कार्यालयमा गएर लाइन बस्नु पर्दैन । यसअघि श्रम स्वीकृति लिँदा ‘बायोमेट्रिक’ नभएकाले मात्र पुनःश्रम स्वीकृति लिनका लागि श्रम कार्यालयमा उपस्थित हुनपर्छ । यस्तो सङ्ख्या एकदमै न्यून हुने र बिनाझन्झट सेवा लिन सकिने मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ मा भएको वैदेशिक रोजगारमा जाने हरेक कामदारले अनिवार्यरुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था भएकामा वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआइएमएस) मार्फत कामदारले अनलाइन आवेदन गरी श्रम स्वीकृति लिने व्यवस्था छ ।

हाल एफइआइएमएसलाई समायानुकुल परिमार्जन गरी पूर्व÷अन्तिम श्रम स्वीकृतिसम्बन्धी कार्य स्वचालित प्रणालीबाटै गरी समयमा नै श्रम स्वीकृति प्रदान गर्ने र कार्यालयमा कार्यरत अधिकृत तहका कर्मचारीलाई एफइआइएमएसको विवरण अनुगमनमा केन्द्रित गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

सुरक्षार्थ प्रहरी नायब उपरीक्षकको कमाण्डमा टोली खटाइने

वैदेशिक रोजगार विभागको सुरक्षार्थ नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) को कमान्डमा सुरक्षाकर्मीको टोली खटाइने भएको छ ।

विभागको सुरक्षार्थ प्रहरी नायब उपरीक्षकसहितको टोली खटाइने विषयमा आवश्यक गृहकार्य तथा छलफल भइरहेको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए । उनले भने,’विभागको सुरक्षार्थ प्रहरी नायब उपरीक्षक खटाइने विषयमा गृहकार्य र छलफल भइरहेको छ, कहिलेसम्म राखिने यकिन तय हुन बाँकी छ ।’

विभागमा बढ्दो सेवाग्राहीको चाप र हुल हुज्जत हुन थालेपछि विभागले सुरक्षाकर्मी माग गरेको जनाइएको छ । विभागको सुरक्षार्थ प्रहरी नायब उपरीक्षकको कमान्डमा सुरक्षाकर्मीको टोली खटाउने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेर गृह मन्त्रालयलाई पठाएको थियो ।

गृह मन्त्रालयले भने हालसम्म कुनै निर्णय नगरेको बताइएको छ । गृह मन्त्रालयबाट लामो समयसम्म पनि कुनै पहल अगाडि नबढेपछि विभागले नै सक्रियता देखाएको जनाइएको छ ।

दिनदिनै ठगीका घटना बढ्दै जाने र विभागमा आएर अनावश्यक होहल्ला गर्नुका साथै काममा अवरोध सिर्जना हुँदै आएको सूचना अधिकारी सुवेदीले जानकारी दिए । उनका अनुसार हाल विभागमा सादा पोशाकमा प्रहरी खटाइएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिक दिनप्रतिदिन ठगिदै आएका घटनाका उजुरी विभागमा दिनहुँ बढ्दै गएको विभागले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

बौद्धस्थित भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा

वि.सं.२०८३ असार १० बुधवार १३:४८

काठमाडौं । काठमाडौंको बौद्धस्थित भाटभटेनी सुपरस्टोर आज(वुधबार) देखि पुनः सञ्चालनमा...

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

वि.सं.२०८३ असार १० बुधवार १२:१९

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ...