सरकारले गर्यो साढे २२ अर्ब बढी रकमान्तर, कुन शीर्षकमा कति ? (सुचिसहित)
वि.सं.२०७९ फागुन १६ मंगलवार
काठमाडौं । सरकारले विभिन्न शीर्षकमा साढे २२ अर्ब रुपैयाँ रकमान्तर गरेको छ ।
सरकारले चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा विभिन्न १२ शीर्षकमा विनियोजन गरिएको २२ अर्ब ७४ करोड ९० लाख रुपैयाँ रकमान्तर गरेको हो ।अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पूँजीगत बजेटतर्फ १ करोड रुपैयाँ भन्दा बढीको एक बजेट उपशीर्षकबाट अर्को उपशीर्षकमा उक्त रकम बराबरको रकमान्तर भएको हो ।
मन्त्रालयका अनुसार चालु आवको भदौ महिनामा कुल ३० करोड, कात्तिकमा १० करोड, पुसमा २२ अर्ब २ करोड ५० लाख र माघ महिनामा ३२ करोड ४० लाख गरि कुल २२ अर्ब ७४ करोड ९० लाख रुपैयाँ रकमान्तर गरेको हो ।
कुन शीर्षकमा कति ?
प्रकाशित समय : ११:१७ बजे





















