back
nactional

लघुवित्त र सहकारी समस्यामा पर्दा मुलुकको अर्थतन्त्र चलायमान हुन सकेन : शेखर गोल्छा

शेखर गोल्छा

नेपालमा जुन लोन र जिडीपीको रेसियो देखिएको छ । त्यो चिन्ताजनक र यर्थाथ छ । यसलाई हामीले स्वीकार्नुपर्छ । हाम्रो आर्थिक स्थितीले गर्दा यस्तो भएको छ । किनभने हामीले आयात गर्नुपर्ने बाध्यात्मक छ । आयात गर्दा भ्यालु अडिसन कम हुन्छ । भ्यालुअडिसन कम हुँदा हाम्रो जिडीपिमा प्रतिबिम्बित गर्दैन । तर, हामीले यसको अर्को पक्ष पनि हेर्न जरुरी छ । मलाई लाग्छ , हाम्रो अर्थतन्त्रमा राजश्वको औसत बृद्धिदर हेर्ने हो भने गत २०।२५ बर्षमा जिडिपी भन्दा दोब्बर तेब्बरले बृद्धिदर हामीले लिन सकेका छौं । त्यो राजश्वको बृद्धिदरले गर्दा आज राज्य संञ्चालनदेखि विभिन्न कामहरु भएको छ । त्यो राजश्व बृद्धिदर नभएको भए हामीले गरेको विकासका कामहरु देखि राजनीतिक कामका विषयमा जुन लगानीहरु भएको छ त्यो हुने थिएन् । त्यसैले यी सबैको सन्तुलन हेर्ने हो भने आयातपनि जरुरी छ ।

 

किनभने आयात भएन भने राजश्व जम्मा हुदैन् । तर, पक्कैपनि देशमा रोजगारी सिर्जना गर्नका लागि, त्यसमा बढी भ्यालुअडिस गर्नका लागि उद्योग आवश्यक छ । तर, किन उद्योगहरु आइरहेका छैनन् । उद्योग नआउनका कारण एउटैमात्र छ जुन उद्योग व्यवसाय गर्नका लागि तुलनात्मक रुपमा लगानी बढी छ खर्च बढी छ । हामीले जब जब खर्च कम गर्न थाल्यौ भने पक्कैपनि निजी क्षेत्रको लगानी छ । त्यो उद्योगतिर बगेर जान्छ र अहिले जुन लोन र जिडीको समस्या छ त्यो सुधार हुदै जान्छ । अहिलेको आर्थिक परिदृश्यको कुरा गर्ने हो भने, कल्पना गरौ ।

हाम्रो अर्थतन्त्र एउटा ठुलो बस जस्तो छ । कोभिडको समयमा रोकिएको थियो र त्यसको इन्जिन बिग्रिएको थियो । किनभने हाम्रो अर्थतन्त्र सिथिल अवस्थामा पुगेको थियो । त्यसबेलाको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि नेपालको नीजि क्षेत्रमात्र हैन सबै सरोकारवाला निकाय, रेगुलेटर, अर्थमन्त्रालय र गभर्नर लगाएत सबै ठाउँमा पुग्यौ । हामीले देशमा पुर्नकर्जा, पुर्नसंरचना र तरलता सुधार गर्न आवश्यक रहेको ठान्यौँ । जब यसमा सुधार आयो तब हाम्रो अर्थतन्त्रको बस हिड्न थाल्यो । बस हिडेपछि स्पिड लिमिट ४० मात्रै थियो अर्थात नेपालको औसत बृदिदर हेर्ने हो भने ४ प्रतिशतको हाराहारीमा हो । तर, हामी डबल स्पिडमा हिडियो । तरलता पर्याप्त थियो। घर घरमा बैंकका सिइओहरु गएर धितो हेरेर लोन दिए । त्यसलाई हामीले नियमन गर्न सकेनौ । बैकर्सहरुले पनि त्यसको असर अर्थतन्त्रमा के हुन्छ भन्नेतिर कसैले सोच्दै सोचेन ।

हाम्रो अर्थतन्त्रको बस झन् कुद्न थाल्यो । ४० को स्पिडमा हिड्नपर्ने बस ८० को स्पिडमा हिड्न थालेपछि दुर्घट्ना हुन सक्छ हेक्का राखेको भए नियमनकारी निकायले ब्रेक हान्न सक्थ्यो होला । तर, नियमनकारी निकायले त्यता ध्यान नै दिएन । ब्रेक हान्दा अर्थतन्त्र त बच्यो होला तर त्यो भित्र बसेका सरोकारवाला निकायहरुको कसैको टाउको फुट्यो, कसैको खुट्टा भाचियो र कोही आत्महत्या गर्न पनि बाध्य भए । त्यो ब्रेक भने थियो भन्ने पनि प्रश्न आउछ । त्यो ब्रेक भनेको चालुपुँजी निर्देशिका हो । यो अलि पछि आएपनि नेपालको नीजि क्षेत्रले कहिले पनि नकारात्मक रुपमा हेरेको छैंन् । आउनु पर्थ्यो आयो तर अलि पहिल्यै आएको भए यस्तो विकृतिहरु आउने थिएन होला । तर, हामीले चालुपँुजी निर्देशिका ल्याउने समय ठिक भएन भनिरहेका थियौ ।

अहिले अर्थतन्त्र एकदमै शिथिल अवस्थामा रहेको छ र चाँलुपँजी निर्देशिका ल्याउदा पुनः सुधार आवश्यक छ । साथै, त्यो ल्याउने उचित समय अर्थतन्त्र अलि सहज अवस्थामा पुगेपछि ल्याउँदा ठिक होला । त्यसमा केहि परिबर्तन पनि भएका छन् । उद्योग वाणिज्य महासंघले भनेको छ । अझ पनि यस निर्देशिकामा खास सुधार गर्नपर्छ भनेर सुझाव पनि दिएका छौं । अर्को मैंले झ्याप्प ब्रेक हान्यो भन्ने कुरा गरेको थिए । जुन ४।१२ को नीति आयो र हाम्रो अर्थतन्त्रमा असर पार्यो । यसका केहि उदाहरणहरु छन् । जस्तै , ४० लाख भन्दा बढी डिम्याट अकाउन्टहरु छन् । आर्थिक बर्ष २०७८।०७९ को साउन भदौको तथ्याङ्क हेर्दा नेप्से इन्डेक्स सरदर ३ हजारमा थियो । यो समय बैंकिड क्षेत्रको डिपोजिटमा सरदर ४७।५० खर्ब डिपोजिट थियो र कुल क्रिण ४४।५ खर्ब ऋण प्रवाह भएको थियो । त्यसमा शेयर धितोकर्जामा सरदर १।०२ खर्ब अर्थात कुल ऋणको २।२९ प्रतिशतमात्रै प्रवाह भएको थियो । यस दुई महिनाको अग्रिम कर बापतले राज्यलाई करिब ६ अर्ब राजश्व पनि प्राप्त भएको थियो । यसले नेपालमा क्यापिटल मार्केट कति जरुरी छ भन्ने कुरा दर्शाउँछ । ४।१२ ले गर्दा अप्रत्यक्ष रुपमा स्टक मार्केटमा ठुलो असर पर्यो । ठुलो राजश्व सरकारले गुमाएको छ ।

अर्को आयात प्रतिबन्ध एउटा एक्सनको रुपमा रहेको थियो । तर नेपाल खुल्ला सिमानमा रहेको छ । आयात प्रतिबन्ध गर्दा गाडी मोटरसाइकल बाहेक कुनै पनि छैन जुन कुरा नेपालमा सटेज भएको थियो । कसरी नेपालमा आयो भन्दा खुल्ला सिमानाका कारण सरकारले राजश्व पनि गुमायो । असल व्यवसायीले पनी व्यवसाय गुमाए र घाटाको अवस्था सिर्जना भयो । अर्थतन्त्रको कुरा गर्दा धेरै कठिनाईहरु भोगेका छन् । ती सबै बाह्य कारणहहरु थिए । जुन पहिलो पटक अर्थतन्त्रको भित्रबाट आएको समस्या हो । त्यो अहिले त्यो यति गम्भिर छ कि व्यवसायीले जिवनमा कहिल्यै नभोगका समस्याहरु छन् ।

व्यवसायीले ३० देखि ७० प्रतिशतसम्मको गिरावट संकुचन गिरावट बजारमा आएको छ । यो संकुचनले गर्दा बजारबाट पैसा उठ्न पनि सकेको छैन् । खास गरेर लघुवित्त र सहकारीहरु गंभिर अवस्थामा पुगेका छन् । अर्थतन्त्रको चक्र घुमाउने महत्वपूर्ण छडीका रुपमा रहेका लघुवित्त र सहकारी समस्यामा पर्दा मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको हो । अर्थतन्त्रलाई सुधार गर्नका लागि तरलता तल्लो तहसम्म प्रवाह हुन जरुरी छ ।

(आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान)ले आयोजना गरेको ‘अर्थतन्त्रका चुनौती र समाधानको उपाय’ विषयक अन्तरक्रिया (१८ माघ २०७९) मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्यक्त गरेको विचारको सम्पादित अंश)

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

वि.सं.२०८३ भदौ २ मंगलवार १६:५१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका...

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

वि.सं.२०८३ भदौ १ सोमवार ०७:४४

काठमाडौँ। नेपालमा तीव्र गतिमा अघि बढिरहेको अटोमोबाइल एसेम्ब्ली उद्योगलाई अब...

Gen-Z आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो  ?

Gen-Z आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो  ?

वि.सं.२०८३ साउन २७ बुधवार १८:४७

आज अन्तर्राष्ट्रिय युवा दिवस । संसारका धेरै देशमा यो दिन...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...