back
nactional

कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न एनबीएलाई परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल बैकर्स संघका नवनिर्वाचित अध्यक्ष एवं कार्यसमितिलाई बधाई एवं शुभकामना सहित मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ ।

अध्यक्ष सुनिल केसीसहित संघको नयाँ कार्यसमितिलाई स्वागत गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीहरुको मनोबल खस्किएको बताए ।

उनले संघको नयाँ कार्यसमितिले निक्षेपको ब्याजदर घटाउने सहमतीका लागि धन्यवाद दिदै कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गरे । उनले मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीहरुले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकाले बिना प्रोभिजन ऋणको पुनःसंरचना, पुनः तालिकिरण गरी सहयोग गर्नुपर्ने बताए ।

यस्तै उनले उद्योगहरुको प्रबद्र्धन गर्न वेसरेटमा २ प्रतिशत मात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्न पनि आग्रह गरे । अध्यक्ष अग्रवालले चालुपूँजी कर्जा मार्गदर्शनको संशोधनपछि पनि राष्ट्र बैंक, बैंकर, उद्योगी व्यवसायीबीच बुझाईमा एकरुपता आउन नसकिरहेकाले विज्ञसहितको हेल्प डेस्क स्थापना तथा तत्काल संचालन गर्न आग्रह गरे ।

संघका नवनिर्वाचित अध्यक्ष सुनिल केसीले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी दिनमा कसरी अगाडी बढ्नुपर्ने भन्ने विषयमा जानकारी गराए । उनले परिसंघले दिएको कतिपय सुझाव बैंकहरु तथा संघले आफै पनि गर्न सक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने बताए । उनले अहिले बैंकहरुको प्रमुख समस्याको रुपमा बढ्दो ल्यलउभचायचmष्लन ीयबल रहेको बताए । उनले ब्याजदरका विषयमा सडक आन्दोलन नगर्न उद्योगी व्यवसायीहरुलाई समेत आग्रह गरे ।

संघका नवनिर्वाचित कार्यसमिति र परिसंघ सदस्यहरुबीच भएको अन्तरक्रियामा परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, हेमराज ढकालसहित परिसंघ नेशनल काउन्सिल सदस्यहरु, नेपाल बैकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, कार्यसमिति सदस्यहरु अजय विक्रम शाह, दिपककुमार डे, सल्लाहाकार अशोक शम्सेर राणा लगायत थिए ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

सिँचाइका ६ राष्ट्रिय गौरवका आयोजनाको नयाँ डेडलाइन: महाकाली २०९१/९२ सम्म सकिने

वि.सं.२०८३ भदौ २ मंगलवार १६:५१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका...

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

नेपालको अटोमोबाईल क्षेत्रलाई ‘मेक इन नेपाल’ बाट ‘मेड इन नेपाल’मा लैजान सकिन्छः सौरभ ज्योती

वि.सं.२०८३ भदौ १ सोमवार ०७:४४

काठमाडौँ। नेपालमा तीव्र गतिमा अघि बढिरहेको अटोमोबाइल एसेम्ब्ली उद्योगलाई अब...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...