back
skip this Samagra

अर्थतन्त्र सुधारोन्मुख छः गभर्नर अधिकारी

उदयपुर। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्। उदयपुरको चौदण्डीगढी नगरपालिका—६ स्थित जनज्योति माध्यमिक विद्यालय परिसरमा नवनिर्मित सरस्वती मन्दिरको बिहीबार उद्घाटन गर्दै अधिकारीले नेपालको अर्थतन्त्र चाँडै सुधारमा आउने विश्वास व्यक्त गरे।

करिब १५ लाखको लागतमा निर्मित उक्त मन्दिर वडा नं ७ का वडाध्यक्ष केशव अधिकारीले आफ्ना वर्षीय छोरा युगान्त र १९ वर्षीया छोरी अनुजाको स्मृतिमा निर्माण गरेका हुन्। स्वर्गीय भतिज र भतिजीको नाममा निर्माण भएको मन्दिरको उद्घाटन गर्दै गभर्नर अधिकारीले विश्व बजारमा देखिएको उत्तरचढावले लामो समय नेपाली अर्थतन्त्रलाई क्षति पु¥याए पनि पछिल्लो चार महिनायता सुधार हुँदै गएको दाबी गरे।

उनले भने, ‘निरन्तर घाटामा रहेको अर्थबजार पछिल्लो असोज महिनायता बचततर्फ अग्रसर देखिएको हो, जुन सकारात्मक सन्देश हो।’ बाह्य समस्याका कारण नेपालको अर्थतन्त्र कमजोर भएको उनले बताए।

‘त्यसका बाबजुद मौद्रिक नीतिमा केही सुधारात्मक अभ्यासहरू भइरहेका छन्’ उनले भने।

उनले साना व्यवसायीलाई संरक्षण गर्ने गरी नीति बनाइएको बताए। अधिकारीले वित्तीय समावेशीकरणको नीति अवलम्बन गरी सबै नेपालीलाई बैंकिङ कारोबारमा जोड्ने अभियान सुरु गरिएको बताए। यसका साथै विद्यार्थीसँग राष्ट्र बैंक कार्यक्रममार्फत बैंकसम्बन्धी जानकारी दिने काम सुरु गरिएको बताए।

 

 


भेट वार्ता: अर्थमन्त्रीले भेटे विश्व बैंक र वित्त निगमका उपाध्यक्षलाई, नेपालमा लगानी बढाउन अपिल

भेट वार्ता: अर्थमन्त्रीले भेटे विश्व बैंक र वित्त निगमका उपाध्यक्षलाई, नेपालमा लगानी बढाउन अपिल

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:५५

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ...

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक, को-को आउँदैछन् सम्मेलनमा ?

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक, को-को आउँदैछन् सम्मेलनमा ?

वि.सं.२०८१ वैशाख ३ सोमवार १२:४४

काठमाडौं । यहि वैशाख १६ र १७ गते (अप्रिल २८...

ऋणको भार थपीदै: २०८० सालमा पौने ३ खर्ब थपियो सार्वजनिक ऋण

ऋणको भार थपीदै: २०८० सालमा पौने ३ खर्ब थपियो सार्वजनिक ऋण

वि.सं.२०८१ वैशाख ३ सोमवार १०:०७

काठमाडौं । २०८० सालमा पौने ३ खर्ब सार्वजनिक ऋण थपिएको...

लगानी सम्मेलनः ‘सोकेस’मा १२५ आयोजना, ११ सयभन्दा बढीलाई निम्ता

लगानी सम्मेलनः ‘सोकेस’मा १२५ आयोजना, ११ सयभन्दा बढीलाई निम्ता

वि.सं.२०८० चैत २८ बुधवार ०९:०५

काठमाडौँ । सरकारले आगामी वैशाख १६ र १७ गते (अप्रिल...

सामाजिक सुरक्षा कोषले एक लाख बढी योगदानकर्तालाई भुक्तानी गर्यो आठ अर्ब रुपैयाँ

सामाजिक सुरक्षा कोषले एक लाख बढी योगदानकर्तालाई भुक्तानी गर्यो आठ अर्ब रुपैयाँ

वि.सं.२०८० चैत २३ शुक्रवार ११:२२

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्ब...

लगानी बोर्डद्वारा एक खर्ब बराबरको लगानी स्वीकृत

लगानी बोर्डद्वारा एक खर्ब बराबरको लगानी स्वीकृत

वि.सं.२०८० चैत २२ बिहीवार १२:५८

काठमाडौं । लगानी बोर्डले विभिन्न पाँच वटा परियोजनाका लागि एक...