back
himalayan life

अर्थतन्त्र सुधारोन्मुख छः गभर्नर अधिकारी

उदयपुर। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन्। उदयपुरको चौदण्डीगढी नगरपालिका—६ स्थित जनज्योति माध्यमिक विद्यालय परिसरमा नवनिर्मित सरस्वती मन्दिरको बिहीबार उद्घाटन गर्दै अधिकारीले नेपालको अर्थतन्त्र चाँडै सुधारमा आउने विश्वास व्यक्त गरे।

करिब १५ लाखको लागतमा निर्मित उक्त मन्दिर वडा नं ७ का वडाध्यक्ष केशव अधिकारीले आफ्ना वर्षीय छोरा युगान्त र १९ वर्षीया छोरी अनुजाको स्मृतिमा निर्माण गरेका हुन्। स्वर्गीय भतिज र भतिजीको नाममा निर्माण भएको मन्दिरको उद्घाटन गर्दै गभर्नर अधिकारीले विश्व बजारमा देखिएको उत्तरचढावले लामो समय नेपाली अर्थतन्त्रलाई क्षति पु¥याए पनि पछिल्लो चार महिनायता सुधार हुँदै गएको दाबी गरे।

उनले भने, ‘निरन्तर घाटामा रहेको अर्थबजार पछिल्लो असोज महिनायता बचततर्फ अग्रसर देखिएको हो, जुन सकारात्मक सन्देश हो।’ बाह्य समस्याका कारण नेपालको अर्थतन्त्र कमजोर भएको उनले बताए।

‘त्यसका बाबजुद मौद्रिक नीतिमा केही सुधारात्मक अभ्यासहरू भइरहेका छन्’ उनले भने।

उनले साना व्यवसायीलाई संरक्षण गर्ने गरी नीति बनाइएको बताए। अधिकारीले वित्तीय समावेशीकरणको नीति अवलम्बन गरी सबै नेपालीलाई बैंकिङ कारोबारमा जोड्ने अभियान सुरु गरिएको बताए। यसका साथै विद्यार्थीसँग राष्ट्र बैंक कार्यक्रममार्फत बैंकसम्बन्धी जानकारी दिने काम सुरु गरिएको बताए।

 

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

नवप्रवर्द्धनलाई प्रमोट गर्नेगरी राष्ट्र बैंकले जारी गर्यो रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका

वि.सं.२०८३ असार ५ शुक्रवार ११:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेगुलेटरी स्यान्डबक्स सम्बन्धी निर्देशिका जारी...