back

अर्थतन्त्र मन्दीमा जान थालेपछि तनावमा उद्योगी, आत्मदाह गर्नेसम्मका चेतावनी

‘आफ्ना छोरा नातिसम्मलाई कालो सूचीमा पारेर कलंकको दाग बोक्नुभन्दा सडकमा जुत्ता छरेर त्यसैमाथि आत्मदाह गर्नु उचित हुन्छ’ : उद्योगी

काठमाडौं । बिहीबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गरेर जुत्ता उत्पादकहरूले सडकमा आत्मदाह गर्ने चेतावनी दिए । ‘आफ्ना छोरा नातिसम्मलाई कालो सूचीमा पारेर कलंकको दाग बोक्नुभन्दा सडकमा जुत्ता छरेर त्यसैमाथि आत्मदाह गर्नु उचित हुन्छ’ उद्योगीले सार्वजनिक रूपमा भनेका छन् ।

५० हजारभन्दा धेरैलाई रोजगारी दिएको, देशलाई जुत्ता चपलमा लगभग आत्मनिर्भर बनाएको र यस्ता सामानको निर्यात गरेर डलर कमाउन थालेका उद्योगीहरू अहिले यस्तो पीडामा डुब्नुको कारण हो, गरिदिँदै गएको आर्थिक मन्दी ।

अहिले बजारमा हरेक वस्तुको समष्टिगत माग घटेको छ । बैङ्क तथा वित्तीय संस्थाले एक वर्षअघिदेखि नै खासै नयाँ ऋण प्रवाह गर्न सकिरहेका छैनन् ।

शेयर बजार ओरालो लागेको लाग्यै छ । घरजग्गाको किनबेच धेरैजसो स्थानमा बन्द प्रायः भएको छ । बैङ्कले ऋण नदिँदा नयाँ घरहरू बन्न सकेका छैनन् । आयात कटौती र समष्टिगत माग घट्दा व्यापार घटेको छ । उद्योगहरूको उत्पादन कम भएको छ । थोरबहुत बजार पनि भारतबाट हुने तस्करीले ओगटिदिएका छन् ।

‘सकेसम्म सस्तो त सबैले खोज्छन्, तर तस्करी गरेर आउने सामानसँग नेपालमा उत्पादन हुने सामानले प्रतिस्पर्धा गर्नै सक्दैनन्’ उद्योगी भन्छन् । पहिले पहिले मान्छेसँग धेरै पैसा हुँदा आवश्यकताभन्दा धेरै सामान किन्थे ।

१ जोर जुत्ता हुनेले २ जोर किन्थे, एउटा मोबाइल बोके पुग्नेले पनि दुइटा मोबाइल बोक्थे । लत्ताकपडा बढी किन्थे । रेस्टुरेन्ट जाने, कफी खाने, खाजा खाने संस्कृति गज्जब विकास भएको थियो । जनस्वास्थ्यका दृष्टिले हानिकारकै भए पनि रक्सीको विक्री बढ्दा बजारलाई चलायमान भएको थियो ।

बैङ्कले जग्गा किन्न ऋण दिएको थियो । गाडी चढ्न ऋण, महँगा कम्प्युटरदेखि साइकलसम्म चढ्न ऋण दिएका थिए । बैङ्कले ऋण नदिए सहकारीहरूले दिन्थे, त्यो पनि सस्तो ब्याजमा । शेयर, घरजग्गाजस्ता सम्पत्तिको भाउ उकालो लाग्दा लाखौँ मान्छेले बसी बसी गज्जबको कमाइ गरेका थिए । बीमादेखि घरजग्गासम्म र म्यानपावरदेखि अन्तर्राष्ट्रिय दलालसम्मको सम्पत्ति खासै मिहेनत नगरीकनै बढेको बढ्यै थियो ।

तर अहिले एक वर्षदेखि बैंकमाा पैसाको अभाव भएपछि मान्छेहरूले निर्माणको काम गर्न सकेका छैनन् । सरकारको ढुकुटीमा कर्मचारीलाई तलब खुवाउने र सामाजिक सुरक्षामा खर्चने बाहेक पैसा निकाल्नै धौधौ छ । सरकारी राजस्व बढ्ने होइन, लक्ष्यको आधा पनि नउठ्ने हो की, भनेर चिन्ता बढेको छ । निर्माण कार्य रोकिँदा निर्माण क्षेत्रको ठुलो बजार प्रभावित भएको छ । मुलुकका मुख्य उद्योगहरू सिमेन्ट, डन्डीको माग भारी मात्रामा घटेको छ ।

क्रसर चलाएर नाफा कमाउनेहरू पनि हेरेको हेर्यै छन् । निर्माण मजदुरहरूको कमाइ बन्द भएको छ । चाउचाउ, बिस्कुट, चकलेट र हल्का पेय पदार्थदेखि सबैजसो औद्योगिक खाद्य उत्पादनको उपभोग कम भएको छ । आयात पनि कम हुने र आन्तरिक औद्योगिक उत्पादन पनि घट्ने अवस्थाले अर्थतन्त्रलाई मन्दीमा धकेल्न थालेको व्यवसायीहरू बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले पटक पटक सार्वजनिक कार्यक्रमबाटै अहिलेजस्तो गम्भीर मन्दी आफ्नो जीवनकालमै नदेखेको र नभोगेको बताउँदै आएका छन् । उनले जस्तै अनुभव सबै वयोवृद्ध व्यवसायीसँग पनि छ । यो अवस्था लम्बियो भने देश गम्भीर आर्थिक सङ्कटमा फस्न सक्ने धेरैको बुझाई छ ।

१० वर्षअघि १७ खर्ब ५८ अर्ब (उपभोक्ताको मूल्यमा) रहेको रहेको नेपालको कुल गार्हस्थ्य उत्पादन गत साल नै ४८ खर्ब ५१ अर्ब नाघ्नुमा उत्पादनले होइन, रेमिटेन्स र बैङ्कको सुलभ ऋणले सघाएको थियो । मान्छेहरू विदेशमा गएर पसीना बगाएर कमाउने, त्यही पैसा नेपाल पठाउने, त्यही पैसाले आयात बढाउने, बैङ्कले वित्तीय बिचौलियाको काम गरेर कारोबारको आकार बढाउँदै जाने र त्यसै अनुसार आयातकर्तालाई सजिलै ऋण पनि दिइहाल्ने । यही चक्रमा नेपाली अर्थतन्त्र बेलुन फुकेजस्तै फुलेको थियो ।

गोल्डस्टार जुत्ताका मालिक अमिर प्रताप राणा भन्छन् कृषि उत्पादन हुने समथर फाँट र तराईका विशाल मैदान घडेरीमा टुक्रा टुक्रा हुने, पहाडका विशाल फाँटका खेत सडकले चिराचिरा पार्ने र त्यसमै कङ्क्रिटको जङ्गल उम्रिने अवस्था बन्यो । सिँचाइ सुविधा खासै सुध्रिएन । बरु मान्छेहरू गाउँको जग्गा बँझाएर विदेश हानिन थाले । नयाँ उद्योगहरू खुल्नेभन्दा पहिले भएका उद्योग धमाधम बन्द हुन थाले । निजी क्षेत्रले पनि पुँजी निर्माण गर्ने खालका आयोजनामा नभएर घरजग्गामै लगानी बढाए । बैङ्कले त्यस्तै अनुत्पादक क्षेत्रमा ऋण दिए ।

पोहोर धान फलिरहँदा १ लाखमा किनेको जग्गा यसपालि बाझिएपछि ३ लाखमा बेच्ने प्रवृत्ति बन्यो । जग्गाको उत्पादन र उत्पादकत्वमा कुनै वृद्धि नभई यसको भाउ मात्रै बढ्ने अवस्था आयो । उल्टै उत्पादन घट्ने, तर सट्ट बाजीले देशको अर्थतन्त्र सुन्निएको थियो । बेलुन भएको थियो । कुल गार्हस्थ्य उत्पादनमा आधाभन्दा ठुलो हिस्सा सेवा क्षेत्रको छ । त्यसमा पनि सबैभन्दा धेरै र व्यापारको नाफाबाट आर्जन भएको सम्पत्ति हो ।

अर्थशास्त्रमा व्यापार मार्जिन भनिने यस्तो नाफा भनेको कुनै व्यापारीले २० रुपैयाँको सामान किनेर त्यही सामान ४० रुपैयाँमा बेच्यो भने बाँकी २० रुपैयाँ उसको मार्जिन हो । यसलाई मूल्य अभिवृद्धिका रुपमा पनि लिइन्छ । यसरी बिचौलियाको काममा हुने नाफा जोडेर अर्थतन्त्रको आकार बढेको देखिएको छ । शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रको आर्थिक उन्नति बढी भएको देखिन्छ । तर यस्ता क्षेत्रले धेरैभन्दा धेरै मान्छेलाई कङ्गाल बनाएर सीमित मान्छेलाईमात्रै धनी बनाउँछन् ।

अर्कातिर बजारमा समष्टिगत माग बढ्नका लागि सीमित मान्छेसँग होइन, बहुसंख्यम मान्छेसँग खर्च गर्न मिल्ने खालको आम्दानी वा सम्पत्ति बढ्नु पर्छ । त्यस्तो अवस्थामा मात्रै धेरै मान्छेले थोरै थोरै सामान किन्दा पनि बजारमा माग बढ्छ । १ लाख मान्छेले १–१ जोर जुत्ता बढी किने भने १ लाख जोर जुत्ता बढी बिक्छ । त्यसले २–३ वटा उद्योग धानिन सक्छन् । तर ३ करोड मान्छेको खल्तीको पैसा ३ सय मान्छेको बगलीमा पुग्यो भने त्यसले या त सम्पत्ति सञ्चय गर्छ, नभए पुँजी पलायन गराउँछ । यो दुवै अवस्थामा राज्यलाई नै घाटा हुन्छ ।

गत वर्षदेखि नै नेपालको वित्तीय क्षेत्र सङ्कुचनको दिशामा अघि बढेको थियो । आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनको १०९ प्रतिशत पुगेको बैङ्किङ निक्षेप गत असार मसान्तसम्म आउँदा १०४.८ प्रतिशतमा र ९६.८ प्रतिशत पुगेको निजी क्षेत्रतर्फको कर्जा ९६.६ प्रतिशतमा खुम्चिएको थियो ।

अहिले पनि नेपालमा यस खालको आसन्न सङ्कटबाट पार लगाउने गरी नीतिगत एवम् व्यावहारिक सुधारका कदम अघि बढाउने छाँटकाँट नदेखिएको भन्दै व्यापारी व्यवसायीले गुनासो पोखिरहेका छन् ।

कोभिड र त्यसपछिको अन्तर्राष्ट्रिय व्यापार चक्रमा देखिएको जटिलताले अहिले नेपाली अर्थतन्त्रलाई पनि नराम्रोसँग प्रभावित बनाएको व्यवसायीहरू बताउँछन् । यो अवस्था लम्बिन नदिन व्यवसायीले बारम्बार सरकारको ध्यान तान्न खोजिरहेको छ ।

 

nactional life
Corporatebazar 11 Anniversary

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

भारतको विकास मोडेल पछ्याउँदै नेपाल: ७ वर्षमा प्रतिव्यक्ति आम्दानी दोब्बर बनाउने लक्ष्य : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ वैशाख १९ शनिवार १८:३५

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक सूचकाङ्क...

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

बजेटमा ‘नीतिगत सर्जरी’ गर्ने अर्थमन्त्रीको उद्घोष: करको दर घटाएर राजस्व बढाउने रणनीति

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १९:०८

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट परम्परागत वितरणमुखी बाटोभन्दा फरक,...

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

गौर भन्सारद्वारा लक्ष्यअघि नै ९८ प्रतिशत राजस्व संकलन

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१४

रौतहट । गौर भन्सार कार्यालयले चालु आर्थिक वर्षको लक्ष्य समयभन्दा...

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:१०

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता...

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

वि.सं.२०८३ वैशाख १६ बुधवार १९:०७

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति...

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

पूर्वाधार आयोजनाहरूको कार्यान्वयनमा गम्भीर समस्या देखिएको छ : सदस्य सचिव पन्थ

वि.सं.२०८३ वैशाख १५ मंगलवार १५:१२

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले पूर्वाधार...