back

कात्तिक महिनामा पनि बैंकहरुले असोजकै ब्याजदरलाई निरन्तरता दिने

कात्तिक महिनामा पनि बैंकहरुले असोजकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्।

बैंकरहरुबीच अनौपचारिक रुपमा निक्षेपको ब्याजदर नबढाउने भएका हुन्।

यसपटक नेपाल बैंकर्स सँघले ब्याजदर बढाउने गरी निर्णय भने गरेको छैन।

ब्याजदर निर्धारण गर्न यस पटक एनविएको बैठक नबस्ने संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए। यसअघि बैठक बसेरब्याजदर तोक्दै आएकोमा यस पटक भने बैठक नबस्ने भएको हो।

बैंकहरुबीच भएको छलफलबाट भने कार्तिकमा पनि ब्याजदरलाई स्थिर राख्ने सहमति भएको छ। कात्तिकमा असोजकै ब्याजदरलाईनिरन्तरता दिइने शर्माले बताए।

बैंकहरुले असोजमा निक्षेपको ब्याजदर बढाएर १२।१३ प्रतिशत पुर्याएका थिए। बैंकहरुले ब्याजदर बढाउदा अहिले व्यवसायीहरुले पनिविरोध गरिरहेका छन्। ब्याजदर बढाउदा लागत मात्रै धेरै बढ्ने हुँदा अहिले बैंकरहरुले निक्षेपको ब्याजदर नबढाउने निश्कर्ष निकालेकाहुन्।

असोज महिनाको अन्तिम दिन बैंकहरुले कात्तिकको लागि नयाँ ब्याजदर प्रकाशित गर्नुपर्ने हुन्छ।

ब्याजदर घटाउनको लागि अर्थमन्त्रीले गठन गरेको समितिले भने ब्याजदर निर्धारण बजारलाई नै छोड्नुपर्ने सुझाव दिएको छ। समितिलेतत्काल ब्याजदर घटाउन कुनै सुझाव नदिएकोले पनि अहिले ब्याजदरलाई यथावत राख्ने निश्कर्षमा बैंकरहरु पुगेका हुन्

ब्याजदर बढ्दा बैंकहरुको लागत पनि बढेको छ।

मुद्दती निक्षेपमा उच्च ब्याजदर हुँदा अहिले बैंकहरुको कुल निक्षेपमा करिब ६० प्रतिशत भन्दा धेरै हिस्सा मुद्दती निक्षेपको छ।

मुद्दती निक्षेपमा धेरै रकम हुँदा बैंकहरुले बढी ब्याज तिर्नुपर्छ जसले गर्दा उनीहरुको ब्याज खर्च बढ्छ भने त्यसले लागत बढाउछ।


३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक , यस्तो छ प्रोसेस

३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक , यस्तो छ प्रोसेस

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट...

‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ नेपाल लाइफले सार्वजनिक गर्यो केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

वि.सं.२०८१ वैशाख ११ मंगलवार १८:०८

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

बंगलादेशमा बीमा ऐन संशोधन, के के छन् नयाँ व्यवस्था?

बंगलादेशमा बीमा ऐन संशोधन, के के छन् नयाँ व्यवस्था?

वि.सं.२०८१ वैशाख ११ मंगलवार ०८:४८

काठमाडौं । बंगलादेशी बीमा विकास तथा नियामक प्राधिकरण (आइडीआरए) ले...

ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड नाफा कमायो

ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड नाफा कमायो

वि.सं.२०८१ वैशाख ८ शनिवार ०९:३२

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई...

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई एक महिनासम्म विशेष छुटसहित क्यास ब्याक

सिटिजन्स बैंक १८औं वर्षमा प्रवेश, ग्राहकलाई एक महिनासम्म विशेष छुटसहित क्यास ब्याक

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १७:४८

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १७ वर्ष पूरा गरी १८...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १३:२३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....