back

अवैध ऋण लगानी गरी मिटरमा ब्याज लिने घटना बढ्दो, यस्ता कारणले बढि ठगिन्छन्

nactional life

काठमाडौँ । नेपालमा पछिल्लो समय अवैध ऋण लगानी गरी मिटरमा ब्याज लिने घटना बढ्दै गएको छ । ऋण लगानी गरी मिटरमा ब्याज लिने र त्यसमा रकमको धेरै गुणा तिरिसक्दा पनि तमसुक चेक वा जग्गा फिर्ता नदिइ उठीबास गराउने घटना बढ्न थालेको नेपाल प्रहरीले जनाएको हो ।

पछिल्लो पटक मिटर ब्याज पीडितले काठमाडौंमा धर्ना, जुलुसलगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् । यस्ता घटनामा उजुरी प्राप्त भएपछि कसुरदारलाई अनुसन्धान गरी कानुन अनुसार कारबाही भइरहेको पनि प्रहरीको भनाइ छ । यस्ता विरोधका कार्यक्रमबाट शान्ति सुरक्षा समेतमा प्रतिकूल असर पर्ने भएकोले प्रहरी प्रधान कार्यालय एवम् केन्द्रीय अनुसन्धान ब्युरोले ध्यानाकर्षण भएको जनाएको छ ।

नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका–९, बेलाटारीका ५६ वर्षका सुनिल बानियाँ भनिने सुनिल कुमार गुप्ता र वर्ष ६५ का जगदिश बानियाँ भनिने जगदिश कानुलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।
ब्युरोले यस्ता कसुरमा संलग्न व्यक्तिलाई कानुनअनुसार कारबाही गर्न कोही व्यक्ति पीडित भए आधार प्रमाणसहित नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ । यसका साथै वैदेशिक रोजगारीको प्रलोभन, फोन, मेल र सामाजिक सञ्जालको दुरुपयोग पनि बढेको छ ।

सामाजिक सञ्जालमा साथी बनाइ चिठ्ठा ठगी, उपहारका नाममा ठगी, सस्तो मूल्यमा सामान पठाइ दिने भनि ठगी, विदेशी नागरिकहरुको आवरणमा आकर्षक गन्तव्यमा पठाइ दिने, बिहे गर्ने, व्यापारिक साझेदार बनाउने वा समाज सेवाका नाममा डलरले भरिएका फोटोहरु देखाइ एवम् झुटा श्रव्य दृष्य सामग्रीहरु समेत पठाइ भ्रममा पारि ठगी गर्ने घटना पनि बढ्न थालेका छन् ।

नजिकका व्यक्ति बनी आकस्मिक रुपमा फोनका माध्यमबाट पैसा मागेर ठगी गर्ने, मोबाइल बैङ्किङ्गका पासवर्ड र बैंकका विवरणहरु मागी रकम झिक्ने, सामाजिक सञ्जालमा भिडियो कल गरी अश्लिल फोटो तथा भिडियो लिइ अपलोड गरिदिने धम्की दिइ आपराधिक लाभ लिने, नेपालीहरुको बैंक खातामा अवैध रकम जम्मा गर्न लगाइ हुण्डीमार्फत विदेशमा पठाउन लगाउने वा नचिनेका व्यक्तिहरुलाई पैसा दिन लगाइ आपराधिक कार्यमा संलग्न गराउने, नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीलगायत भर्चुअल मुद्राबाट धेरै गुणा प्रतिफल दिने भनेर प्रलोभनमा पारि ठगी गर्नेतर्फ सचेत रहन प्रहरीको आग्रह छ ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले विज्ञप्ति निकालेर यस्ता ठगीका घटनातर्फ सचेत रहन नागरिकलाई आग्रह समेत गरेको छ ।

हेर्नुहोस नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले निकालेको विज्ञप्ति।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

औद्योगिक उत्पादन र क्षमता उपयोग खस्किँदा अर्थतन्त्रमा चुनौती, निर्यात र पर्यटनमा भने सुधारका संकेत

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:००

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष...

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

खराब कर्जा र गैर-बैंकिङ सम्पत्ति चुलिँदा बैंकहरूमा पूँजीगत दबाब, राष्ट्र बैंकद्वारा ‘एभरग्रिनिङ’ र कमजोर सुशासनको खुलासा

वि.सं.२०८३ जेठ ३१ आइतवार १५:४३

काठमाडौँ। भू–राजनीतिक अस्थिरता, सूचना प्रविधि क्षेत्रका सुरक्षा चुनौती र खस्कँदो...

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...