back

लियो भारतीय कम्पनीले पश्चिम सेती निर्माणको जिम्माः १ अर्ब ४८ करोड डलर लाग्ने अनुमान, कसरि पुग्यो भारतीय कम्पनीलाई ?

काठमाडौं । नेपालले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी एनएचपीसीलाई दिने भएको छ ।

लगानी बोर्डको ५१औं बैठकले सो निर्णय गरेको हो ।

प्रधामन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको बोर्ड बैठकले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना भारत सरकारको स्वामित्वमा रहेको एनएचपीसी लिमिटेडलाई दिने निर्णय गरेको हो ।

एनएचपीसी लिमिटेड भारत सरकारको पावर मन्त्रालयको स्वामित्वमा रहेको भारतीय सरकारको जलविद्युत बोर्ड हो ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनसँगको ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको सम्झौता तोडेपछि अहिले भारतीय कम्पनीलाई दिएको हो ।

चिनियाँ कम्पनीले निर्माण जिम्मा दिएपछि भारतले चीनले निर्माण गरेको विद्युत खरिद गर्न इन्कार गरिरहेको थियो । अब भने ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी ६ जलविद्युत आयोजना निर्माणको जिम्मा भारतले नै पाएको छ ।

यी दुई आयोजना निर्माणका लागि २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । पश्चिम सेतीको १ अर्ब ४८ करोड डलर र सेती नदी– ६ मा ९२ करोड ७० लाख डलर लाग्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री देउवाले बेला बेला भाषणमा पश्चिम सेति नेपालले नै बनाउने प्रतिबद्धता जनाउदै आएकोमा अहिले भने भारतीय कम्पनीलाई जिम्मा दिएका हुन ।

पश्चिम सेती सुदुर पश्चिम प्रदेशको विकासको मुल स्रोत मानिदै आइरहेको छ ।

nactional life
Corporatebazar 11 Anniversary

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

नेपाल राष्ट्र बैंकद्वारा कर्मचारी सुरक्षण कोषको ६५ करोड मुद्दती निक्षेपमा लगानी: कस्ता संस्थाले पाउँछन् रकम?

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो आन्तरिक कोष व्यवस्थापन अन्तर्गत...

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

अर्थमन्त्री वाग्लेको गम्भीर खुलासा: ‘१६ अर्बको अपचलन र इन्साइडर ट्रेडिङमार्फत केही समूहले राजनीतिक संस्था नै कब्जा गरे’

वि.सं.२०८३ वैशाख २९ मंगलवार १६:०१

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुँजी बजार र...

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

अतिरञ्जित बजेटको अभ्यास अन्त्य गर्नुपर्छ : अर्थमन्त्री डा.वाग्ले

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक नीति तथा कानुनी सुधारलाई...

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

पुँजी बजारमा १५–१६ अर्ब रुपैयाँको दुरुपयोग भएको अर्थमन्त्री डा.वाग्लेको आरोप

वि.सं.२०८३ वैशाख २९ मंगलवार १३:५१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा सीमित समूहले जनताको...

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

“नयाँ जनादेश, नयाँ संकल्प: १० वर्षमा आर्थिक कायापलट गर्ने सरकारको योजना” (पूर्णपाठ)

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:१७

काठमाडौँ । सरकारले आगामी एक दशकलाई ‘आर्थिक रूपान्तरणको दशक’ घोषणा...

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

अन्तर्राष्ट्रिय मापदण्डमा जाँदै नेपाली पूँजी बजार: धितोपत्र नियमन र नेप्सेमा व्यापक हेरफेरको तयारी

वि.सं.२०८३ वैशाख २८ सोमवार १७:०३

काठमाडौं । नेपालको पूँजी बजारलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ...