back
himalayan life

बजेटले राष्ट्रका जल्दावल्दा सवालहरु समेटेनः बुद्धिजीवी

काठमाडौं । बजेटले राष्ट्रका जल्दावल्दा सवालहरुलाई सम्वोधन गर्न नसकेको बुद्धिजीवीहरुले वताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्ले राजधानी आयोजना गरेको नेपाल सरकारको आर्थिक वर्ष २०७९–८० को बजेट अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले बजेट यथार्थता भन्दा वाहिर गएर ल्याइएकाले राष्ट्रका समस्या सम्बोधन गर्न नसक्ने बताएका हुन् ।

कार्यक्रममा वोल्दै नेकपा एमालेका महासचिव शंकर पोख्रेलले बजेटले सम्वोधन गर्नुपर्ने मुल विषय सम्वोधन गर्न नसकेको बताए । बजेटले अहिले देखिएको आर्थिक संकटको सामाना गरेर मुलुकलाई सही दिशामा ल्याउन सकनुपर्ने हो, तर त्यसो हुन सकेन, पोख्रेलले भने, “बजेट जहाँ केन्द्रित हुनुपर्ने हो त्यो भएन । मुलुक आर्थिक संकटको अवस्थामा छ । शोधनान्तर घाटा छ । मुल्यवृद्धि उच्च छ । रेमिटेन्स घटेको छ । विदेशी मुद्राको सञ्चिति कम छ । तरलता अभाव छ । यस्ता विषयहरु बजेटमा सम्वोधन हुनुपर्ने हो ।”

मुलक आर्थिक रुपमा चरम संकटमा पर्छ भने चुनाव जितेरमात्र केही नहुने बताउँदै महासचिव पोख्रेलले बजेट निराशाजक भएको र चुनाव पछि संकट आउन सक्ने बताए । पूँजिगत क्षेत्रमा लगानी नै नगरी कसरी आर्थिक वृद्धि हुन्छ भन्ने प्रश्न गर्दै पोख्रेलले नीति कार्यक्रम र बजेटबीच तालमेल नमिलेको समेत बताए । बजेटले मुल रुपमा व्यापारिक वा दलाल पूँजिवादलाई प्रसय दिएको पोख्रेलको टिप्पणी छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अर्थविद प्रा.डा. गोविन्द नेपालले नयाँ परिस्थितिलाई हेरेर भन्दा पनि चुनावलाई प्रभावित पार्ने गरी बजेट आएको बताए । आत्मनिर्भर अर्थतन्त्रमा जोड, कृषि, पूर्वाधार निर्माण, पुराना योजनाको निरन्तरता, लोककल्याणकारी र रुपान्तरण गर्न खोजेको जस्ता कुरा राम्रा भएपनि बजेटको स्रोत सुनिश्चितता नभएको हुँदा कार्यान्वयनमा पनि समस्या देखिने नेपालको धारणा थियो । ओली सरकारले ल्याएको बजेटको निरन्तरता भएको वताउँदै नेपालले यो सरकारले नयाँ कुनै कार्यक्रम दिन नसकेको बताए ।

यसैगरी कार्यक्रममा वोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. पुष्प कँडेलले बजेट आगामि निर्वाचनलाई केन्द्रित गरेर जनतामा भ्रम छर्ने र कार्यकर्तालाई पोष्ने गरी ल्याइएको बताए । पन्ध्रौ योजनाले तयार गरेको समृद्ध नेपाल, सुखी नेपालीको मर्मलाई तोडमोड गरेको वताउँदै डा. कँडेलले योजना आयोगको भूमिकालाई कमजोर पारिएको समेत बताए ।

कार्यक्रममा बोल्दै योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले बजेटले संघीयताका आधार स्तम्भका रुपमा रहेका स्थानीय तह र प्रदेशका लागि कम बजेट छुट्याइएको बताए । नवउदारवादमा विश्वास गर्ने गठवन्धन सरकारले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न नसक्ने देवकोटाको धारणा थियो ।

यसैगरी कार्यक्रममा वोल्दै अर्थविद डा. डिल्लीराज खनालले बजेटको लक्ष्य, समाजवाद शव्द र यसमा भएका व्यवस्थावीच विरोधाभास भएको बताए । प्राथामिकता दिनुपर्ने ठाउँमा नदिएको र अनावश्यक रुपमा बजेट छर्ने काम भएको भन्दै डा. खनालले गैर जिम्मेवार हिसावले आएको बजेटले दिग्भ्रमित पार्ने बताए । योजना आयोगका पूर्व सदस्य मीनवहादुर शाहीले बजेटले आर्थिक सामाजिक रुपान्त्रण र असमानता अन्त्य गर्ने विषयलाई सम्वोधन गर्न नसकेको बताए ।

यस्तै कृषि विज्ञ डा. यमुन घलेले उत्पादन र उत्पादकत्व वढाउने कुरा गर्दा उत्पादनका स्रोत माथिको पहुँच र नियन्त्रणको कुरा बजेटमा नभएको वताउँदै जलवायुमैत्री खेती गर्न महिलालाई सूचना, समावेशीकरण, प्रविधिमा पहुँच पुर्याउनुपर्ने बताए ।

यसैगरी स्वस्थ्य क्षेत्रका विज्ञ प्रा.डा. विधाननिधि पौडेलले स्वस्थ्य क्षेत्रका विगतका योजनाहरु अलपत्र छोडेर विना अध्ययन नयाँ कार्यक्रम थपिएको बताउँदै बजेटले स्वस्थ्य क्षेत्रको मर्मलाई वुझ्न नसकेको बताए । यसैगरी शहरी विकास विज्ञ विपिन चित्रकारले बजेट यथार्थपर नभएको वताउँदै स्याटालाईट सिटि र आवास निर्माण गर्ने कुरा अध्ययन विनानै ल्याइएको बताए ।

यसैगरी अर्का विज्ञ विधान आचार्यले राजस्व संकलनको लक्ष्य हावादारी भएको बताउँदै स्वस्थ्य क्षेत्रको बजेट घटेकोमा चिन्ता व्यक्त गरे । यसै गरी पूर्व राजदुत डा. निर्मल विकेले दलित तथा सीमान्तकृत समुदायको नाम विभिन्न ठाउँमा उल्लेख गरेको तर बजेटको व्यवस्था नगरिएको बताए । कार्यक्रम नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षता, उपमहासचिव गोविन्द शाहीको स्वागत मन्तव्य र महासचिव गजेन्द्रप्रसाद थपलियाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

वि.सं.२०८३ असार १५ सोमवार १८:४१

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु...

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

वि.सं.२०८३ असार १४ आइतवार १३:५८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ)...

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार १४ आइतवार १३:४१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव...

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...