back

नेपाल एग्रो लघुवित्तको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

२४ वैशाख, काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासमा नाफा २४५.५२ प्रतिशतले बढाएको छ । चैत मसान्तसम्म आउँदा कम्पनीले २ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यस्तो रकम गत आर्थिक वर्षको समिक्षा अवधिमा ६८ लाख १० हजार रहेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन घाटा ४ करोड २१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सञ्चालन मुनाफा ४१ लाख ९३ हजार रुपैयाँ रहेको थियो।
संस्थाले खुद ब्याज आम्दानी भने ७६.५२ प्रतिशतले बढाएर ५ करोड ११ लाख रुपैयाँ गरेको छ। गत वर्ष यस्तो आम्दानी २ करोड ८९ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा संस्थाले ६५ करोड २ लाख रुपैयाँ सापटी लिई ९३ करोड ७८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ५९ करोड ७३ लाख रुपैयाँ सापटी लिई ७१ करोड ५ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो। संस्थाले रिजर्भको आकार २०४.२१ प्रतिशतले बढाउँदै ४ करोड ९२ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा १ करोड ६१ लाख रुपैयाँ रहेको थियो।
सेयर क्यापिटल ५ करोड ७२ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५४.८१ रुपैयाँ रहेको छ। पीई रेसियो ६.५६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ रहेको छ।


एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

वि.सं.२०८२ जेठ १ बिहीवार १७:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ग्लोबल कन्क्लेभ–२०२५ ले आठ बुँदे निष्कर्ष...

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

जेठ महिनाका लागि घट्यो वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:१९

काठमाडौं । वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना...