back

नेपाल एग्रो लघुवित्तको नाफामा उछाल, यस्ता छन् अन्य सूचक

nactional life

२४ वैशाख, काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिकको तेस्रो त्रैमासमा नाफा २४५.५२ प्रतिशतले बढाएको छ । चैत मसान्तसम्म आउँदा कम्पनीले २ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। यस्तो रकम गत आर्थिक वर्षको समिक्षा अवधिमा ६८ लाख १० हजार रहेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन घाटा ४ करोड २१ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सञ्चालन मुनाफा ४१ लाख ९३ हजार रुपैयाँ रहेको थियो।
संस्थाले खुद ब्याज आम्दानी भने ७६.५२ प्रतिशतले बढाएर ५ करोड ११ लाख रुपैयाँ गरेको छ। गत वर्ष यस्तो आम्दानी २ करोड ८९ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा संस्थाले ६५ करोड २ लाख रुपैयाँ सापटी लिई ९३ करोड ७८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ५९ करोड ७३ लाख रुपैयाँ सापटी लिई ७१ करोड ५ लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो। संस्थाले रिजर्भको आकार २०४.२१ प्रतिशतले बढाउँदै ४ करोड ९२ लाख रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा १ करोड ६१ लाख रुपैयाँ रहेको थियो।
सेयर क्यापिटल ५ करोड ७२ लाख रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५४.८१ रुपैयाँ रहेको छ। पीई रेसियो ६.५६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

वि.सं.२०८३ जेठ १८ सोमवार १०:५६

काठमाडौं ।अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने...

लामो समयदेखि रोकिएको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ र ‘सोभरेन वेल्थ फण्ड’ को अवधारणा बजेटमा आउनु सकारात्मक

लामो समयदेखि रोकिएको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ र ‘सोभरेन वेल्थ फण्ड’ को अवधारणा बजेटमा आउनु सकारात्मक

वि.सं.२०८३ जेठ १८ सोमवार १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरु...

बजेटले निजी क्षेत्रको मनोबल बढाउनेछ, तर हदबन्दी र गुणस्तर मापदण्डका माग छुटे: अध्यक्ष विरेन्द्रराज पाण्डे

बजेटले निजी क्षेत्रको मनोबल बढाउनेछ, तर हदबन्दी र गुणस्तर मापदण्डका माग छुटे: अध्यक्ष विरेन्द्रराज पाण्डे

वि.सं.२०८३ जेठ १८ सोमवार १०:३०

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई...

‘बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ’ : कमलेश अग्रवाल

‘बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ’ : कमलेश अग्रवाल

वि.सं.२०८३ जेठ १८ सोमवार १०:२२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी...

बजेटमा स्टार्टअप र एआई सेन्टर स्वागतयोग्य, इभीमा कर वृद्धि र कच्चा पदार्थ आयातमा समस्या

बजेटमा स्टार्टअप र एआई सेन्टर स्वागतयोग्य, इभीमा कर वृद्धि र कच्चा पदार्थ आयातमा समस्या

वि.सं.२०८३ जेठ १८ सोमवार १०:०५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चालु...

अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ

अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ

वि.सं.२०८३ जेठ १७ आइतवार २१:०१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...