back
himalayan life

एफएनसीसीआई र कोरियन एजेन्सी कोस्मे बीच समझदारीपत्रमा हस्ताक्षर,समझदारीपत्रमा के छ ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सी बीच सम्झौता भएको छ ।

दुइ कम्पनीले साना तथा मझौला उद्यम व्यवसायमा सहकार्य गर्ने उद्देश्यले आज एक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गरेका थिए । समझदारीपत्र हस्ताक्षर कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो ।

विशेषगरी अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको छ ।

साना तथा मझौला व्यवसायलाई युग सुहाउंदो रूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

एसएमइज र स्टार्टअप्सको अवसर तथा सम्भाव्यता अध्ययन, अध्ययन भ्रमण, इन्कुवेशन सेन्टर स्थापना, प्रविधि तथा लगानी आकर्षण, साना तथा मझौला उद्यमीहरू र स्टार्टअप्सलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिइने छ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्ने क्रममा महासंघका अध्यक्ष गोल्छाले एसएमईज र स्टार्टअप्सको विकासमा यो समझदारीले एउटा महत्वपूर्ण आधार तयार गर्ने विश्वास ब्यक्त गरे । साथै यसको अक्षरस कार्यान्वयनमा महासंघको प्रतिवद्धता पनि जनाए ।

अध्यक्ष गोल्छाले महासंघले ५० स्टार्टअप्स ५० लगानीकर्ता कार्यक्रम शुरुवात गरेको जानकारी दिनुहुंदै नेपालमा स्टार्टअप्स र एसएमइज क्षेत्रमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह समेत गरे ।

कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुनले महासंघसंग सहकार्य गर्न पाएकोमा खुशी ब्यक्ति गरे । कोरियाले एसएमइज र स्टार्टअप्समा हासिल गरेको अनुुभव आदान प्रदान गर्न र सहकार्यमा महासंघसंग नजिकमा रहेर कार्यगर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, कोषाध्यक्ष सुकुुन्तलाल हिराचन, नेपाल कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण शाखको उपस्थिति रहेको थियो ।

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

सम्पत्ति शुद्धीकरण विधेयक प्रतिनिधि सभामा प्रस्तुत, ‘इन्साइडर ट्रेडिङ नियन्त्रण गर्न आवश्यक’

वि.सं.२०८३ असार १४ आइतवार १३:५८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ)...

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

शिक्षा–स्वास्थ्यमा लगाइएको करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन :अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ असार १४ आइतवार १३:४१

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव...

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

आज फेरि ४५ अर्ब खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ असार १२ शुक्रवार १२:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि ४५ अर्ब खिच्दै...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...