back

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल

२२ वैशाख, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन्।

‘समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ, दक्षिण एसियाली एसियाली सहयोग संगठन (सार्क) अर्थमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने -अर्थतन्त्रको उत्थानशिलता कायम गर्दै परिस्थितिलाई हरसम्भव वशमा राख्ने प्रयत्नका बावजुत निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपुर्ण नै रहेका छन् ।’ आशातित रुपमा आर्थिक पुनरुत्थान प्रकृयाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड -१९ को  दोस्रो लहरबाट निक्कै ठूलो धक्का पुर्याएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले  पर्यटन, अन्य सेवाहरु र उत्पादन क्षेत्रमा गम्भिर असर पुगेको बताए ।

‘कोभिड-१९ को बिस्तारित प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा ब्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिविम्बित भएको देखिन्छ, उनले भने यसैगरी समावेशी बृद्धि, मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासहरुमा चुनौती थपिदिएको छ।

गरिब एवं जोखिम समूह बढि प्रभावित भएको देखिदा यसले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम हामी समक्ष अझै विद्यमान छ।

‘ कोभिड-१९को महामारीले स्वास्थ, शिक्षा र मानव जीवनका समृद्धिका समग्रपक्षलाई निरन्तर प्रताडित बनाईरहेको उल्लेख गर्दै उनले भने जीवन र जनजीविकालाई बचाउन विश्वव्यापी एक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको बताउनु भयो  अन्तरसम्बन्धित वर्तमान विश्वका सबै ठाउँका सबै व्यक्ति सुरक्षित भएको सुनिश्चित गर्नु आवश्यक भएको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले जनस्वास्थमा आएको यस्तो संकटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा बस्तुको रुपमा लिइने विश्वास व्यक्त गरे ।

त्यसै गरी खोपको आपूर्तिमा सबै देशले सहजरुपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको पनि बताए । कोभिड-१९ विरूद्धको खोपको उत्पादन र आपूर्तिका लागि भारत सरकारप्रति आभार प्रकट गर्दै अर्थमन्त्री पौडेलले त्यसले सार्क क्षेत्रभित्र खोप अभियान शिघ्ररुपमा सञ्चालन गर्ने प्रयासलाई सम्भव बनाएको धारणा पनि व्यक्त गरेका थिए।

आर्थिक पुनरुत्थानको गतिलाई दीगो बनाउनको लागि साझा उद्देश्य र लक्ष्यसहित एकसाथ भएर हामी सबैले काम गर्नु पर्ने समय आएको भन्दै अर्थमन्त्री पौडेलले रोजगारी सृजना र स्वदेशी उत्पादनमा अधिकरुपमा केन्द्रित भई आर्थिक कृयाकलापहरु विगतको भन्दा राम्रो निर्माणका लागि आवश्यक सहजीकरण गर्न आवश्यक नीति तथा रणनीति एकसाथ तय गर्नु पर्ने बताए ।

सार्क क्षेत्रले बजार र अर्थतन्त्रबीचको गहिरो अन्तरआवद्धताको माध्यमबाट क्षेत्रीय सम्वृद्धि हासिल गर्न सक्ने थुप्रै सम्भावना बोकेको भन्दै अर्थमन्त्री पौडेलले छोटो समयमा नै आर्थिक पुनरुत्थान गर्न सक्नेमा आशावादी रहेको धारणा व्यक्त गर्नुभयो । एसियाली विकास बैंकको ५४औं वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरुको बैठक भएको हो । बैठक अर्थमन्त्री पौडेलको अध्यक्षतामा भएको थियो ।

बैठकलाई अफगानिस्तानका अर्थमन्त्री मोहम्मद खालिद पाइन्दा, बंगलादेशका अर्थ मन्त्रालयका अतिरिक्त सचिव मोहम्द खैरुजामन मोजुम्दर, भुटानका अर्थशास्त्र मामिलाका महानिर्देशक लेकजाङ दोर्जी, भारतका आर्थिक मामिला विभागका सचिव अजय सेठ, मालदिभ्सका अर्थमन्त्री इब्राहिम अमिरले सम्बोधन गरेका थिए ।

यस्तै पाकिस्तानका वित्त विभागका अतिरिक्त अर्थसचिव अविस मन्जुर सुम्राज्य, श्रीलंकका मुद्रा तथा पूँजीबजार र सार्वजनिक संस्थान सुधारका राज्यमन्त्री अजित निभर्त काब्राल, एसियाली विकास बैंकका उपाध्यक्ष सिसिन छनले सम्बोधन गरेका थिए ।

सार्कका महासचिव इसाला रुवान वीराकुन र एसियाली विकास बैंकका आर्थिक अनुसन्धान तथा क्षेत्रीय सहयोग विभागका प्रमुख अर्थशास्त्री यासुकी सावदाले कोभिड-१९ बाट आर्थिक पुनरुत्थान : समावेशी तथा उत्थाशिल आर्थिक वृद्धि विषयमा छुट्टा-छुट्टै प्रस्तुति गर्नु भएको थियो ।

अर्थमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरुले कोभिड-१९ को प्रभावलाई न्यूनीकरण एवं आर्थिक सामाजिक पुनरुत्थान गर्न एकआपसमा सहयोग हुनुपर्ने कुरामा जोड दिनु भएको थियो ।

 

 

 

 

 

nactional life
Corporatebazar 11 Anniversary

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

प्रसूति हिंसा सम्बन्धि डरलाग्दो तथ्यांक सार्वजनिक

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१६

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले सम्मानजक...

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

वि.सं.२०८३ वैशाख ९ बुधवार १५:१२

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

बसपार्क उद्घाटन गर्न नगरपालिकामा सार्वजनिक बिदा

वि.सं.२०८३ वैशाख ९ बुधवार ०९:०६

सुर्खेत । सल्यानको शारदा नगरपालिकाले बसपार्क उद्घाटन गर्ने भन्दै नगरपालिकाभर...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

वि.सं.२०८३ वैशाख ९ बुधवार ०८:५६

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

भट्ट र अग्रवाल समूहद्वारा ‘उधारो’मा सेयर कारोबार: धितोपत्र बोर्डको प्रतिवेदनले खोल्यो पोल

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:३१

काठमाडौँ । नेपालको धितोपत्र बजारमा प्रभावशाली व्यवसायीहरूले कानुनविपरीत 'उधारो'मा सेयर...