नेप्सेमा भारी अंकको गिरावट, ४ अर्बको कारोबार
वि.सं.२०७८ मंसिर १९ आइतवार
काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । यो दिन बजार मापक नेप्से ७२.३२ अंकले घटेर २ हजार पाँच सय तेह्र दशमलव ८७ बिन्दूमा रोकिएको हो ।
यो दिन मात्रै ९ कम्पनीको सेयर मूल्य बढेको छ भने १८० कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । त्यसैगरी आज कारोबारमा आएका २२६ स्क्रिप्टको ८९ लाख २० हजार ८९४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९ करोड ७ लाख ६५ हजार बराबरको कारोबार भएको छ ।
प्रकाशित समय : १६:५२ बजे





















