back

होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा

काठमाडौँ । छिमेकीमूलुक भारतमा कोडिभ–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित देखा पर्न थालेसँगै सीमा क्षेत्रमा निर्माणाधनि होल्डिङ सेन्टरको निर्माणलाई तीव्र बनाइएको छ ।

पूर्वी नाकाहुँदै भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी मेचीनगर नगरपालिका–१४ दुहाढगीस्थित हडिया खोला किनारमा नेपाली सेनाको रेखदेख र संरक्षणमा बनिरहेको होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा पुगेको हो ।

चार बिघा क्षेत्रफलमा एक हजार मान्छे अट्ने क्षमताको होल्डिङ सेन्टरमा २२ पक्की भवन बनाइएको छ । त्यसमध्ये १४ वटा क्वारेन्टिन, दुई डाक्टर र स्वाथ्यकर्मी बस्ने एडमिन भवन, १२ डाइनिङ हल, दुई एडमिन किचन, एउटा सेन्ट्रल किचन र १६ शौचालय तयार भइसकेका छन् । बाँकी संरचनाको फिनिसिङ गर्ने काम भइरहेको छ ।

नेपाल सरकारले कोरोना सङ्क्रमणको तेस्रो लहर आउनुपूर्व रु २५ करोडको लगानीमा आगामी पुस मसान्तभित्रमा निर्माण सक्ने गरी गत असार ३ गते हनुमान कन्ट्रक्सन ललितपुरसँग ठेक्का सम्झौता गरेको थियो । सुरुमा काँकडभिट्टा क्षेत्रमै होल्डिङ सेन्टर बनाउने भनिए पनि उपयुक्त जग्गा अभावमा नाकाबाट करिब २० किलोमिटर टाढा रहेको दुहागढीमा असार २२ गतेदेखि भवन बनाउन सुरु गरिएको हनुमान कन्ट्रक्सनका साइड इन्चार्ज सविन भट्टराईले बताए ।

उनले तोकिएको अवधिभित्रमा होल्डिङ सेन्टर तयार गरेर नेपाली सेनालाई जिम्मा लगाइने बताए । “हामीलाई मङ्सिर ३० गतेभित्र दुई क्वारेन्टिन, एउटा डाक्टरसहितको स्वास्थ्यकर्मी बस्ने एडमिन कक्ष, दुई शौचालय तयार गर्न नेपाली सेनाको निर्देशन थियो”, उनले भने, “हामीले त ८५ प्रतिशत काम सक्यौं, बाँकी थोरै छ, त्यो पनि समयअवधि अगावै सक्ने प्रयत्नमा छौं ।”

कोरोना सङ्क्रमणको दोस्रो लहरको समयमा हुलका हुल भारतीय क्षेत्रबाट पूर्वीनाका काँकडभिट्टा हुँदै भित्रिएका नागरिकलाई राख्न स्थानीय प्रशासनलाई ठूलै समस्या भएको थियो । उनीहरुलाई राख्नका लागि स्थानीय प्रशासनले बाध्य भएर विद्यालयलाई होल्डिङ सेन्टर बनाउनु परेको थियो ।

पहिलो लहरमा नेपाली सेनाले आफैं होल्डिङ सेन्टर निर्माण गरे पनि तेस्रो लहरमा समस्या नहोस् भनेर सरकारले झापासहित तराईका आठ नाकामा सुविधायुक्त होल्डिङ सेन्टर निर्माण गरिरहेको श्रीनाथ गण चारचालीका गणपति अमरजङ्ग थापाले बताए । उनले पुसको पहिलो सातादेखि नै सीमा क्षेत्रबाट प्रवेश गर्ने कोही सङ्क्रमित देखिएमा होल्डिङ सेन्टरमा राख्न सकिने बताए ।

चिकित्सकीय उपकरणसहितको होल्डिङ सेन्टरमा भारतबाट आएका नेपाली, भारतीय नागरिक र आफन्तविहीन सङ्क्रमितलाई उपचारका लागि राखिने मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।


विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

विमानस्थल, रेलमार्ग लगायत ठूला पूर्वधार निर्माण लागि वैकल्पिक वित्त : अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार ३१ मंगलवार १८:२५

काठमाडौं ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत...

योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...