back

होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा

काठमाडौँ । छिमेकीमूलुक भारतमा कोडिभ–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरसका सङ्क्रमित देखा पर्न थालेसँगै सीमा क्षेत्रमा निर्माणाधनि होल्डिङ सेन्टरको निर्माणलाई तीव्र बनाइएको छ ।

पूर्वी नाकाहुँदै भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी मेचीनगर नगरपालिका–१४ दुहाढगीस्थित हडिया खोला किनारमा नेपाली सेनाको रेखदेख र संरक्षणमा बनिरहेको होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा पुगेको हो ।

चार बिघा क्षेत्रफलमा एक हजार मान्छे अट्ने क्षमताको होल्डिङ सेन्टरमा २२ पक्की भवन बनाइएको छ । त्यसमध्ये १४ वटा क्वारेन्टिन, दुई डाक्टर र स्वाथ्यकर्मी बस्ने एडमिन भवन, १२ डाइनिङ हल, दुई एडमिन किचन, एउटा सेन्ट्रल किचन र १६ शौचालय तयार भइसकेका छन् । बाँकी संरचनाको फिनिसिङ गर्ने काम भइरहेको छ ।

नेपाल सरकारले कोरोना सङ्क्रमणको तेस्रो लहर आउनुपूर्व रु २५ करोडको लगानीमा आगामी पुस मसान्तभित्रमा निर्माण सक्ने गरी गत असार ३ गते हनुमान कन्ट्रक्सन ललितपुरसँग ठेक्का सम्झौता गरेको थियो । सुरुमा काँकडभिट्टा क्षेत्रमै होल्डिङ सेन्टर बनाउने भनिए पनि उपयुक्त जग्गा अभावमा नाकाबाट करिब २० किलोमिटर टाढा रहेको दुहागढीमा असार २२ गतेदेखि भवन बनाउन सुरु गरिएको हनुमान कन्ट्रक्सनका साइड इन्चार्ज सविन भट्टराईले बताए ।

उनले तोकिएको अवधिभित्रमा होल्डिङ सेन्टर तयार गरेर नेपाली सेनालाई जिम्मा लगाइने बताए । “हामीलाई मङ्सिर ३० गतेभित्र दुई क्वारेन्टिन, एउटा डाक्टरसहितको स्वास्थ्यकर्मी बस्ने एडमिन कक्ष, दुई शौचालय तयार गर्न नेपाली सेनाको निर्देशन थियो”, उनले भने, “हामीले त ८५ प्रतिशत काम सक्यौं, बाँकी थोरै छ, त्यो पनि समयअवधि अगावै सक्ने प्रयत्नमा छौं ।”

कोरोना सङ्क्रमणको दोस्रो लहरको समयमा हुलका हुल भारतीय क्षेत्रबाट पूर्वीनाका काँकडभिट्टा हुँदै भित्रिएका नागरिकलाई राख्न स्थानीय प्रशासनलाई ठूलै समस्या भएको थियो । उनीहरुलाई राख्नका लागि स्थानीय प्रशासनले बाध्य भएर विद्यालयलाई होल्डिङ सेन्टर बनाउनु परेको थियो ।

पहिलो लहरमा नेपाली सेनाले आफैं होल्डिङ सेन्टर निर्माण गरे पनि तेस्रो लहरमा समस्या नहोस् भनेर सरकारले झापासहित तराईका आठ नाकामा सुविधायुक्त होल्डिङ सेन्टर निर्माण गरिरहेको श्रीनाथ गण चारचालीका गणपति अमरजङ्ग थापाले बताए । उनले पुसको पहिलो सातादेखि नै सीमा क्षेत्रबाट प्रवेश गर्ने कोही सङ्क्रमित देखिएमा होल्डिङ सेन्टरमा राख्न सकिने बताए ।

चिकित्सकीय उपकरणसहितको होल्डिङ सेन्टरमा भारतबाट आएका नेपाली, भारतीय नागरिक र आफन्तविहीन सङ्क्रमितलाई उपचारका लागि राखिने मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...