back
Naima

राष्ट्र बैंकले ६.१० अर्ब बराबरको ट्रेजरी बिल बिक्रि गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ।

केन्द्रीय बैंकले न्यूनतम ९१ दिन र अधिकतम १८२ दिनका लागि दुईथरिको ट्रेजरी बिल जारी गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि १० करोड र १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ।

ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल गरिँदैछ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा १ वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

भुक्तानी मितिअगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ। व्यक्तिको हकमा भने ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि सकिने व्यवस्था छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

वि.सं.२०८३ साउन २४ आइतवार १८:३५

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

वि.सं.२०८३ साउन २४ आइतवार १८:१७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

वि.सं.२०८३ साउन २४ आइतवार १३:००

काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...