back

व्यासको आन्तरिक आम्दानी रु १५ करोड

तनहुँ । तनहुँको व्यास नगरपालिकाले रु १५ करोड भन्दा बढी आन्तरिक आम्दानी गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा रु १५ करोड चार लाख १७ हजार ७१० आन्तरिक आम्दानी गरेको हो ।

उक्त अवधिमा रु २० करोड ४७ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य भए पनि कोरोना कहरका कारण लक्ष्य अनुसारको आन्तरिक आम्दानी हुन नसकेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । व्यास नगरपालिका जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा बढी आन्तरिक आम्दानी गर्ने पालिका हो ।

नगरपालिकाले सम्पत्ति, मालपोत, घरबहाल कर, प्राकृतिक स्रोतसाधन लगायतबाट आन्तरिक आय सङ्कलन गर्दै आएको छ । नगरपालिकाले सबैभन्दा बढी प्राकृतिक स्रोतसाधनबाट रु पाँच करोड २५ लाख ३७ हजार ४० सङ्कलन गरेको छ । नगरपालिकाले प्राकृतिक स्रोतसाधनबाट रु नौ करोड ८० लाख आन्तरिक आय हुने लक्ष्य राखेको थियो ।

सम्पत्तिकर रु एक करोड १४ लाख २० हजार ७८४, मालपोतबाट रु ५३ लाख ४६ हजार ९२७, घरबहालबाट रु ७५ लाख ९६ हजार ४२५, घरभाडा करबाट रु एक करोड ६५ लाख ९८ हजार ६२२, मेसिनरी उपकरणबाट रु ५९ हजार ३००, लिलाम बिक्रीबाट रु २४ हजार, मिलापत्रबाट रु २२ हजार ५२०, सिफारिसबाट रु एक करोड २८ लाख पाँच हजार दुई २१६, विविध फारमबाट रु दश लाख दुई हजार ७८१, अन्य प्रशासनिक सेवाबाट रु ६८ लाख ३७ हजार ६३७, सवारी पार्किङबाट रु आठ लाख १७ हजार ९० सङ्कलन गरेको छ ।

घरनक्शा पासबाट रु एक करोड ४१ लाख ५२ हजार २३०, नाता प्रमाणितबाट रु दुई लाख ६७ हजार ७३५, अन्य विविधबाट रु चार लाख ८६ हजार १२० र दर्ता र नवीकरणबाट रु १९ लाख ३३ हजार एक सय सङ्कलन भएको छ । त्यस्तै दण्डजरीवानाबाट रु छ लाख १५ हजार एक सय ४१, धरौटी सदरस्यबाट रु १६ लाख ३४ हजार ६१९, सरसफाइबाट रु ६५ लाख ७३ हजार ४८९, स्थानीय वातावरण शुल्कबाट रु ७६ लाख ५९ हजार २३७, व्यवसाय करबाट रु १८ लाख ९८ हजार १०२ सङ्कलन भएको छ । नगरपालिकाले सम्पत्ति करमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गर्न सफल भएको छ ।

सम्पत्ति करबाट रु एक करोड ११ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु चार लाख २० हजार ७८४ बढी सङ्कलन भएको छ । मालपोत करबाट रु ५० लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु तीन लाख ४६ हजार ९२७ बढी सङ्कलन भएको छ । घरबहाल करमा भने लक्ष्यभन्दा कम सङ्कलन भएको छ । रु एक करोड ५० लाख सङ्कलनको लक्ष्य रहेकामा रु ७४ लाख तीन हजार ५७५ कम सङ्कलन भएको छ । प्राकृतिक स्रोतसाधनबाट पनि लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको छ । रु नौ करोड ८० लाख सङ्कलनको लक्ष्य रहेकामा रु चार करोड ५४ लाख ६२ हजार ९६० कम राजस्व सङ्कलन भएको छ । सिफारिसबाट रु एक करोड सङ्कलनको लक्ष्य रहेकामा रु २८ लाख पाँच हजार २१६ बढी सङ्कलन भएको छ । अन्य प्रशासनिक सेवाबाट रु ३३ लाख सङ्कलनको लक्ष्य रहेकामा रु ३५ लाख ३७ हजार ६३७ बढी सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।

सरसफाइतर्फ र ५० लाखको लक्ष्य रहेकामा रु १५ लाख ७३ हजार ४८९ बढी सङ्कलन भएको छ भने स्थानीय वातावरणतर्फ रु एक करोडको लक्ष्य रहेकामा रु २३ लाख ४० हजार ७२७ कम सङ्कलन भएको छ ।


एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष

वि.सं.२०८२ जेठ १ बिहीवार १७:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)ग्लोबल कन्क्लेभ–२०२५ ले आठ बुँदे निष्कर्ष...

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

विद्युत नियमन आयोग र इमानबीच सहकार्यका विषयमा छलफल

वि.सं.२०८२ जेठ १ बिहीवार १३:२७

काठमाडौं । ऊर्जा क्षेत्रको नियमनकारी निकाय र इकोनोमिक मिडिया एसोसिएसन...

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे

वि.सं.२०८२ जेठ १ बिहीवार ०८:०७

काठमाडौं । ललितपुर महानगरपालिकाले मापदण्डविपरित बनेका तथा नक्सापास नभएका घर...

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदन सार्वजनिक, कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख (पूर्णपाठ)

वि.सं.२०८२ वैशाख ३१ बुधवार १६:०९

काठमाडौं । महालेखा परीक्षकले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदन अनुसार...

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

निलमलाई गर्भनर नियुक्त गरी ५२ प्रतिशत महिलामाथि न्याय गर्नुहोस्

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:५३

काठमाडौं । सांसद रोशन कार्कीले राष्ट्र बैंकको गर्भनर पद लिलामीका...

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने

वि.सं.२०८२ वैशाख ३१ बुधवार १५:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण...