back
himalayan life

यस्तो रह्यो त नबिल बैंकको पहिलो त्रैमासको वित्तीय अवस्था ?

काठमाडौँ। नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । बैंकले पहिलो त्रैमासमा १ अर्ब ११ करोड नाफा गरेको हो ।

बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा ११ करोड रुपैयाँले नाफा बढाएको हो । अघिल्लो आर्थिक वर्षको ३ महिनामा बैंकको नाफा १ अर्ब रहेको थियो ।

बैंकले ब्याज आम्दानीबाट २ अर्ब २४ करोड,कमिसनबाट ४४ करोड कमाएको छ । १३ अर्ब ८४ करोड चुक्ता पूँजी रहेको नबिल बैंकले असोज मसान्तसम्ममा २ खर्ब २५ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ७ अर्ब कर्जा दिएको छ ।

पूँजीकोष अनुपात १३.५८ प्रतिशत छ । अघिल्लो वर्षको भन्दा खराब कर्जा अनुपात (एनपीएल) बढेको छ । असोज मसान्तसम्ममा बैंकको एनपीएल१.१३ प्रतिशत छ । अघिल्लो वर्ष असोज मसान्तमा बैंकको एनपिएल ०.६५ प्रतिशत थियो ।

६.११ प्रतिशत बेसरेट रहेको नबिल बैंकले ३.१८ प्रतिशत स्प्रेडदर रहेको छ ।

पहिलो त्रैमासको नाफाबाट बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ८५ करोड गरेको छ । बैंकको इपिएस ३२.११ रुपैयाँ छ ।

२०७८ कात्तिक १५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...