back

हिमालयन बैंकको २३ प्रतिशत बढायो नाफा, यस्ता छन् अन्य सूचकहरु

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । वित्तीय विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ४५ करोड २८ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.७६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३६ करोड ५९ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि १.३३ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६.९५ रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १५.६२ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ६३ लाख ९९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । यद्यपी शेयरधनी कोषमा कुल २ अर्ब ९३ करोड १७ लाख ९८ हजार सञ्चित रहेको छ । यो रकम बैंकले गत आवबाट वितरण गर्ने प्रस्ताव गरेको २६ प्रतिशत लाभांश रकम समेत हो ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब ४२ अर्ब १७ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ३८ अर्ब ९ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब ११ करोड ११ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ६४ करोड ७७ लाख ४७ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ९४ करोड ९६ लाख र शेयरधनी कोषमा २ अर्ब ९३ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष ४.६६, शेयरधनी कोष ३.९६, निक्षेप संकलन ०.८२, कर्जा लगानी ९.५६, खुद ब्याज आम्दानी १८.३४ र सञ्चालन नाफा २५.१६ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर ०.५८, कोषको लागत ५.४९, आधार ब्याजदर ७.०१, स्पेडदर २.६४, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९३.५४ प्रतिशत, प्रतिशेयर नेटवर्थ १९२.४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.५५ गुणा छ ।

२०७८ कात्तिक १५ गते प्रकाशित


केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ : चन्द्र ढकाल

केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ : चन्द्र ढकाल

वि.सं.२०८१ माघ २७ आइतवार १३:१५

काठमाडौं । कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध...

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

वि.सं.२०८१ माघ २७ आइतवार १३:०८

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने...

चीन-भारत जोड्ने कालीगण्डकी करिडोरमा २४ वटा मोटरेबल पुल

चीन-भारत जोड्ने कालीगण्डकी करिडोरमा २४ वटा मोटरेबल पुल

वि.सं.२०८१ माघ २७ आइतवार १२:५८

काठमाडौं । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको...

आजको विदेशी मुद्राको विनिमय दर के कति छ ?

आजको विदेशी मुद्राको विनिमय दर के कति छ ?

वि.सं.२०८१ माघ २७ आइतवार १०:२४

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय...

आजको तरकारी तथा फलफूलको मूल्य

आजको तरकारी तथा फलफूलको मूल्य

वि.सं.२०८१ माघ २७ आइतवार १०:२०

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको...

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...