back
Naima

सांग्रिलाको १७ औँ वार्षिकोत्सव, साताभरी कार्यक्रम

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले यही कात्तिक १३ गतेको आफ्नो १७ औँ वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ।

देशभर रहेका बैंकका शाखाहरुले कात्तिक ७ देखि कात्तिक १३ गतेसम्म देहायअनुसारका कार्यक्रमहरु संचालन गर्ने योजना रहेको छ। कात्तिक ७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना कार्यान्वयन गर्नेछन्।
कात्तिक ८ गते विभिन्न शाखा कार्यालयहरुमार्फत निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा आँखा जाँच कार्यक्रम गरिनेछ।

त्यस्तै कात्तिक ९ गते बैंकका ९८ वटा शाखा कार्यालयमार्फत वित्तीय साक्षारता कार्यक्रम आयोजना गरिनेछ। कात्तिक १० गते केन्द्रीय कार्यालय बालुवाटारसहित विभिन्न शाखा कार्यालयमार्फत रक्तदान शिविर आयोजना गरिनेछ।

त्यस्तै कात्तिक ११ गते नयाँ शाखा कार्यालय उद्घाटन र कात्तिक १२ विभिन्न शाखा कार्यालयहरुमार्फत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रहरु गरिने बैंकले जनाएको छ।

कात्तिक १३ गते सम्मान कार्यक्रम तथा कृत्रिम अंग वितरण कार्यक्रम रहेको बैंकको भनाइ छ।

यी कार्यक्रम सांग्रिला डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरुले कात्तिक ७ गतेदेखि कात्तिक १३ गतेसम्म क्रमानुसार मनाउँदै लग्नेछ। ती कार्यक्रमहरुले देशव्यापी रुपमा विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले आफ्ना ग्राहक तथा सेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औँ वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको हो। यसका साथै अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ।

२०७८ असोज ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

वि.सं.२०८३ साउन २४ आइतवार १८:३५

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखी अगस्ट...

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकले ल्यायो ‘बिल जितौँ’ सुविधा, १० लाखसम्मको पुरस्कार जित्ने अवसर

वि.सं.२०८३ साउन २४ आइतवार १८:१७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

कर्णाली विकास बैंकका सीईओ शाहसहित तीन जना पक्राउ

वि.सं.२०८३ साउन २४ आइतवार १३:००

काठमाडौं ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकका...

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

कार किन्न नबिलले ५.४४ प्रतिशतमै ऋण दिने

वि.सं.२०८३ साउन २४ आइतवार ११:५६

काठमाडौं । नबिल बैंकले सवारी साधन खरिद गर्न चाहानेलाई लक्षित...