मुक्तिनाथ क्यापिटलले शतप्रतिशत राईट सेयर जारी गर्दै
वि.सं.२०७८ कात्तिक ८ सोमवार
काठमाडौँ । मुक्तिनाथ क्यापिटलले सतप्रतिशत हकप्रद (राईट) सेयर जारी गर्ने भएको छ । क्यापिटलले साधारण सभामार्फत हकप्रद जारीको प्रकृया अगाडी बढाउन थालेको हो । कम्पनीले यहि कात्तिक २३ मा सभा आह्वान गरेको छ ।
कम्पनीका अनुसार हाल कायम चुक्ता पुँजीबाट शतप्रतिशत हकप्रद निष्कासन गर्ने मुख्य एजेन्डासहित मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे साधारणसभा गर्न लागिएको हो ।
सभा भर्चुअल माध्यमबाट सुरु हुनेछ । साधारणसभाको लिंक कम्पनीलार्ई प्राप्त सेयरधनीको ईमेल ठेगानामा पठाइने क्पयापिटलले जनाएको छ ।
सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव पनि छ । सभामा प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्रमा प्रस्तावित संशोधनको सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा सोहीबमोजिम थपघट, परिवर्तन वा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
२०७८ असोज ८ गते प्रकाशित
प्रकाशित समय : १३:२७ बजे