back
Naima

दराजको सेवा ४७ भन्दा धेरै सहरमा विस्तार

काठमाडौँ। नेपालको अग्रणी अनलाइन बजार दराजले आगामी महिनामा देशभरि आफ्नो डेलिभरी र लजिस्टिक सेवाको विस्तारलाई तीव्रता दिने घोषणा गरेको छ।

सन् २०१८ मा अलिबाबाद्वारा कम्पनीको अधिग्रहणपछि दराजको मुख्य उद्देश्य भने एक देशव्यापी रसद पूर्वाधार निर्माण गर्न रहेको छ। यसमार्फत दराजले केवल देशभर आफ्नो पदचिह्न बढाउन सफलमात्र नभई देशमा एक राम्रो ई–कमर्स पारितन्त्रको निर्माण गर्न मद्दत पुर्याउनेछ। यो उद्देश्य फलदायी रहेको देखिन्छ किनकि हाल दराजले नेपालका ४७ भन्दा बढी सहरमा आफ्नो डेलिभरी सेवा विस्तार गरिसकेको छ।

नेपालको विविध भूगोलले दराजजस्ता ई–कमर्स कम्पनीहरूका लागि धेरै कठिनाइ प्रस्तुत गर्दछ। जसमध्ये प्रमुख मुद्दा भनेको उपयुक्त सडक नेटवर्कको अभाव रहेको छ।

देशभरका प्रमुख सहरहरुलाई एक आपसमा जोड्ने उपयुक्त सडक नेटवर्कको अभावमा कुनै पनि प्रकारको सामान र सेवाहरुको वितरणमा धेरै समस्याहरु आउदछ। येही मुद्दालाई सम्बोधन गर्नका लागि दराजले प्रत्येक वर्ष एउटा विशिष्ट इलाकासंग परिचित वितरणकर्मीहरुसँग साझेदारी गर्दै आएका कम्पनीले जनाएको छ। यी वितरणकर्मी वा ‘डेलिभरी हिरोजÞ’हरुले कम्पनीलाई कुनै पनी उत्पादनहरु देशभरको विभिन्न भागहरुमा वितरण गर्न मद्दत गर्दछन्।

हाल दराजको देशभर १५ वटा डेलिभरी हब छन्। यी हबहरुबाट नै ग्राहकको उत्पादनहरु वितरण गरिन्छ।

सन् २०१८ मा अलिबाबाद्वारा दराजको अधिग्रहण हुने समयमा नेपालमा रसद संचालन (लोजिस्टिक अपरेसन) धेरै आधारभूत थियो। ठूलो रुपमा कार्यभार उठाउन सक्ने धेरै डेलिभरी कम्पनीहरू थिएनन्। नतिजास्वरूप, दराजले नेपालको पहिलो ई–कमर्स डेलिभरी कम्पनी ‘दराज एक्सप्रेस’का रूपमा आफ्नै समाधान निकाल्यो। दराज एक्सप्रेसको माध्यमबाट, दराजले भण्डारण र गुणस्तर नियन्त्रण मार्फत ग्राहकहरुको लागि राम्रो रसद (लोजिस्टिक) अनुभव सुनिश्चित गर्न सफल भएको छ।

२०७८ असोज ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

नाप नक्सा पूरा भएको ३८ वर्षपछि पाए डडेलधुराका १२ परिवारले पाए पुर्जा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४०

डडेल्धुरा । सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि...