back
himalayan life

हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदबहाली

काठमाडौँ । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आजदेखि पदबहाली गरेका छन् । श्रेष्ठलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

अध्यक्ष श्रेष्ठले शपथ ग्रहणपश्चात् आजै बैंक अध्यक्षको पदबहाली गरेको बैंकले जनाएको छ।

उनलाई बैंककका सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत अशोक राणालगायत बैंकका वरिष्ठ अधिकृतहरुले स्वागत गरेका थिए।

श्रेष्ठलाई २०७८ असोज १३ गते बुधबारका दिन बसेको बैंकको ४११औँ सञ्चालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो।

श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिका सदस्य थिए।

२०७८ असोज १९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...