back

३३ किलो सुन प्रकरणका आरोपित गोरेसहित ६ जनालाई जन्मकैदको सजाय

काठमाडौँ । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दाका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जन्मकैदको फैसला भएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले यस्तो सजाय सजाय सुनाएको हो ।

सुन तस्करीमा प्रयोग गरिएका भरिया सनम शाक्यको हत्या प्रकरणमा ज्यान मुद्दा अन्तर्गत ८ जनालाई दोषी ठहर गरेको हो । जसमध्ये गोरेसहित ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष तथा अर्का एकजनालाई ६ महिना कैद सजाय भएको अदालतका श्रेस्तेदार टीकेन्द्र वीरजंग राणाले बताएका छन् ।

जन्मकैदको सजाय सुनाइएकाहरुमा चूडामणि उप्रेती गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् ।

त्यस्तै तीन वर्षको आंशिक सजाय पाउनेमा राजन कुमार राई छन् । माधव भन्ने मदन प्रसाद घिमिरेलाई ६ महिना सजाय तोकिएको छ ।

अदालतले तस्करी प्रकरणमा मुछिएका दुईजनाबाहेक बहालवाला र अवकाश प्राप्त प्रहरी अधिकृतहरूलाई भने सफाइ दिने फैसला सुनाएको छ ।

प्रतिवादी ७३ जनामध्ये फरार रहेका २१ जनाको हकमा भने अदालतले मुल्तबीमा राख्ने निर्णय लिएको छ ।

२०७८ असोज १९ गते प्रकाशित


योजना आयोग र राष्ट्र  बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता  सम्बन्धमा कुराकानी

योजना आयोग र राष्ट्र बैङ्क गर्भनर बिच छलफल: मौद्रिक नीति र वित्त नीतिको सामञ्जस्यता सम्बन्धमा कुराकानी

वि.सं.२०८२ असार २३ सोमवार १६:१६

काठमाडौँ । राष्ट्रिय योजना आयोग र राष्ट्र बैङ्कका गभर्नर बिच...

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार: अर्थमन्त्री पौडेल

वि.सं.२०८२ असार १८ बुधवार १७:०४

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको...

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

२०३० सम्ममा पाँच लाख हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ ः उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार १६ सोमवार १५:३३

काठमाडौँ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले प्रकृतिमा आधारित...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...