back

३३ किलो सुन प्रकरणका आरोपित गोरेसहित ६ जनालाई जन्मकैदको सजाय

nactional life

काठमाडौँ । ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दाका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जन्मकैदको फैसला भएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले यस्तो सजाय सजाय सुनाएको हो ।

सुन तस्करीमा प्रयोग गरिएका भरिया सनम शाक्यको हत्या प्रकरणमा ज्यान मुद्दा अन्तर्गत ८ जनालाई दोषी ठहर गरेको हो । जसमध्ये गोरेसहित ६ जनालाई जन्मकैद र एक जनालाई ३ वर्ष तथा अर्का एकजनालाई ६ महिना कैद सजाय भएको अदालतका श्रेस्तेदार टीकेन्द्र वीरजंग राणाले बताएका छन् ।

जन्मकैदको सजाय सुनाइएकाहरुमा चूडामणि उप्रेती गोरे’, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् ।

त्यस्तै तीन वर्षको आंशिक सजाय पाउनेमा राजन कुमार राई छन् । माधव भन्ने मदन प्रसाद घिमिरेलाई ६ महिना सजाय तोकिएको छ ।

अदालतले तस्करी प्रकरणमा मुछिएका दुईजनाबाहेक बहालवाला र अवकाश प्राप्त प्रहरी अधिकृतहरूलाई भने सफाइ दिने फैसला सुनाएको छ ।

प्रतिवादी ७३ जनामध्ये फरार रहेका २१ जनाको हकमा भने अदालतले मुल्तबीमा राख्ने निर्णय लिएको छ ।

२०७८ असोज १९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

‘सबै निःशुल्क मात्र गर्ने हो भने भेनेजुएलाको हालत हुन्छ, विजुलीमा भ्याट ठूलो आँटका साथ लगाइएको हो’

वि.सं.२०८३ जेठ १८ सोमवार १०:५६

काठमाडौं ।अर्थमन्त्री स्वर्णिम वाग्लेले विद्युतमा लगाइएको भ्याटबाट सरकार पछाडि नहट्ने...

लामो समयदेखि रोकिएको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ र ‘सोभरेन वेल्थ फण्ड’ को अवधारणा बजेटमा आउनु सकारात्मक

लामो समयदेखि रोकिएको ‘एसेट म्यानेजमेन्ट कम्पनी’ र ‘सोभरेन वेल्थ फण्ड’ को अवधारणा बजेटमा आउनु सकारात्मक

वि.सं.२०८३ जेठ १८ सोमवार १०:३८

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता गुरु...

बजेटले निजी क्षेत्रको मनोबल बढाउनेछ, तर हदबन्दी र गुणस्तर मापदण्डका माग छुटे: अध्यक्ष विरेन्द्रराज पाण्डे

बजेटले निजी क्षेत्रको मनोबल बढाउनेछ, तर हदबन्दी र गुणस्तर मापदण्डका माग छुटे: अध्यक्ष विरेन्द्रराज पाण्डे

वि.सं.२०८३ जेठ १८ सोमवार १०:३०

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई...

‘बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ’ : कमलेश अग्रवाल

‘बजेट महत्वाकांक्षी छ, कार्यान्वयन गर्नसके निजी क्षेत्रको मनोबल बढाउनेछ’ : कमलेश अग्रवाल

वि.सं.२०८३ जेठ १८ सोमवार १०:२२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी...

बजेटमा स्टार्टअप र एआई सेन्टर स्वागतयोग्य, इभीमा कर वृद्धि र कच्चा पदार्थ आयातमा समस्या

बजेटमा स्टार्टअप र एआई सेन्टर स्वागतयोग्य, इभीमा कर वृद्धि र कच्चा पदार्थ आयातमा समस्या

वि.सं.२०८३ जेठ १८ सोमवार १०:०५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले चालु...

अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ

अर्थमन्त्री वाग्लेले भने : बजेटका आकार सानो र राज्यको क्षमता अनुसार सन्तुलित छ

वि.सं.२०८३ जेठ १७ आइतवार २१:०१

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...