back

माछापुच्छ्रे बैंक २२ औँ वर्षमा प्रवेश, अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेड २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ।

वार्षिकोत्सवका अवसरमा बैंकले एक कार्यक्रमका बीचमा २० वर्षभन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीलाई सम्मान गरेको छ।
यसअघि नै बैंकले वार्षिकोत्सवका उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ।

जसअन्तर्गत ग्राहकले डेबिट वा क्रेडिट कार्डबाट पीओएस वा ई–कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधि भर अधिकतम २१०० सम्मको क्यास ब्याक पाउन सक्नेछन्। क्यास ब्याकको अतिरिक्त ग्राहकलाई दैनिक आकर्षक उपहार पनि प्रदान गरिरहेको छ।

डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाइल बैंकिङबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहक मध्येबाट एकजनाले मेगा बम्पर उपहारस्वरुप फोनपेका तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यसका साथै सबल उत्कृष्ट एवं विस्तारित पहिचान बनाएको माछापुच्छ्रे बैंकको २१ वर्षको गौरवमय यात्रामा साथ दिने सम्पूर्ण ग्राहक, सेयरधनी, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तकमा बैंकले हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

२०७८ असोज १७ गते प्रकाशित


मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

मौसम खुलेपछिको काठमाडौं (तस्बिरहरू)

वि.सं.२०८१ चैत १ शुक्रवार १४:४२

काठमाडौं । विगतका केही दिनदेखि राजधानीमा वर्षा र बादलको प्रभाव...

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

यात्रुबाहक बस दुर्घटना : २० भन्दा बढी घाइते

वि.सं.२०८१ चैत १ शुक्रवार ११:१९

जनकपुर । जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको...

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप

वि.सं.२०८१ फागुन २८ बुधवार ११:०७

काठमाडौं। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन तथा...

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

वि.सं.२०८१ फागुन २८ बुधवार ०९:४०

विराटनगर। जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको...

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:२६

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:१९

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न...