सानीमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
वि.सं.२०७८ असोज १७ आइतवार
काठमाडौँ । आर्थिक वर्ष २०७७–७८ का लागि प्रस्तावित सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज १७ गते) अन्तिम मौका रहेको छ।
कम्पनीले लाभांश र वार्षि(असोज १७ गते) सम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनी सञ्चालक समितिले आउँदो कात्तिक ११ गते १० औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको सुकेधाराचोकस्थित सेलिब्रेसन हाइटमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश रहेका छन्।
सोही सभाले बोनस सेयर जारी चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले ७ जना सञ्चालक पनि निर्वाचित गर्नेछ।
२०७८ असोज १७ गते प्रकाकशित
प्रकाशित समय : ११:०३ बजे






















