back
Naima

साहस उर्जाको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् रिजल्ट

काठमाडौँ। साहस उर्जा लिमिटेडको आईपीओ आज बिहान बाँडफाँड सम्पन्न भएको छ ।

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालयमा बिहान ९ बजे एक कार्यक्रमबीच साहस उर्जाको आईपीओ बाँडफाँड गरेको हो ।

मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो।

गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिएको थियो। कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको तथा ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।

एनआईबिएल एस क्यापिटलका अनुसार यो आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ आवेदन परेको थियो। जसमध्ये २३ लाख ८३ हजार ४६० आवेदन सदर भएका छन्। सदर आवेदनमार्फत कुल ३ करोड १३ लाख ६१ हजार २३० कित्ता सेयर माग भएको छ।

कुल आवेदनमध्ये ११ हजार ९९६ आवेदन बदर भएको छ। यी आवेदनमार्फत १ लाख ७९ हजार ७७० कित्ता सेयर माग भएको थियो।

कुल दर आवेदकमध्ये गोलाप्रथाबाट भाग्यमानी ६ लाख ४४ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् भने १७ लाख ३९ हजार ४६० आवेदकको हात खाली भएको छ।

साहस उर्जाको आईपीओ बाँडफाँड गरिए पनि सर्वसाधारणले अन्तिम नतिजा (रिजल्ट) भने केही घन्टापछि मात्र हेर्न सक्ने एनआईबिएल एस क्यापिटलले जनाएको छ। आईपीओको अन्तिम नतिजा सीडीएससीको https://iporesult.cdsc.com.np र एनआईबिएल एस क्यापिटलको https://result.niblcapital.com/#/ipo-result बाट हेर्न सक्नेछन्।

२०७८ असोज १७ गते प्रकाकशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ हुँदै

वि.सं.२०८३ साउन २५ सोमवार ०९:२०

काठमाडौं । ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

दशैं–तिहारको बीचमै सुरु हुनेभयो एनपीएलको तेस्रो संस्करण

वि.सं.२०८३ साउन २४ आइतवार १२:५७

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी...

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

नेपालले आरोग्य पर्यटनबाट थप ३० लाख नयाँ रोजगारी सिर्जना गर्न सक्छ : एलपी भानु शर्मा

वि.सं.२०८३ साउन २४ आइतवार ०९:५३

लण्डन । नेपालले आरोग्य पर्यटनबाट आगामी १० वर्षमा थप ३० लाख...

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

एनआरएनए यूरोप र एसिया सम्मेलनको तयारी अन्तिम चरणमा :नेपालबाट जाने टोलीमा को को ?

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ यूरोप क्षेत्रीय...