सानिमा क्यापिटलको एजीएम असोज १५ गते हुने, पच्चिस प्रतिशत लाभांश वितरण गर्ने प्रमुख एजेण्डा

वि.सं.२०७८ असोज १२ मंगलवार

काठमाडौँ । सानिमा क्यापिटल लिमिटेडले छैटौँ वार्षिक साधारण सभा बोलाएको छ । क्यापिटलले असोज १५ गते छैटौँ वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभाले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै साधारण सभाले आव २०७७–७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र आव २०७८– ७९ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पनि पारित गर्ने छ ।
साधारण सभा अपराह्न १ बजे सानिमा बैङ्कको केन्द्रीय कार्यालय नक्सालमा हुने छ ।
२०७८ असोज १२ गते प्रकाशित

प्रकाशित समय : १६:५२ बजे