सेयर बजारमा गिरावट कायमै, पौने ६ अर्बको कारोबार
वि.सं.२०७८ असोज १२ मंगलवार
काठमाडौँ । साताको तेस्रो कारोबार दिन आज पनि धितोपत्र बजारमा गिरावट कायमै रहेको छ ।
नेपाली सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज २.६१ प्रतिशतले घटेको छ । अर्थात आज ७०.०१ अंकले घटेको नेप्से सूचक २६१५.४० बिन्दूमा कायम भएको हो ।
आज सबै समूहअन्तरगतको सूचकहरुमा गिरवाट आएको छ । यो दिन बैंकिङ क्षेत्र ३६.०३, विकास बैंक १४५.४१, फाइनान्स १७५.५९, होटल एण्ड टुरिजम २४.३१, हाईड्रोपावर १३८.४५, लगानी ३.५२, जिवन बीमा ४३१.९१, उत्पादन तथा प्रशोधन ८९.२३, माईक्रोफाइनान्स १११.९९, म्युचुअल फण्ड ०.१७ निर्जीबन बिमा ३२५.५६, अन्य ३१.१३ र ट्रेडिङ ७९.३९ अंकले घटेको हो ।
यसरी नै आजको दिनमा अघिल्ला दिनहरुलाई निरन्तरता दिँदै मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै यो दिन मैलुङ खोला जल विद्युत कम्पनीको सेयर मूल्यमा पनि सर्किट लागेको छ ।
आजको दिनमा कारोबारमा आएका २१८ कम्पनीको १३ करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ५८ लाख ८१ हजार बराबरको कारोबार भएको छ ।
२०७८ असोज १२ गते प्रकाशित
प्रकाशित समय : १५:२८ बजे






















