back
Naima

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष रूपमा जोडिएको बताएका छन् ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सचिव राउतले नेपालमा लागू गरिएको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली बीचमा अवरुद्ध भएको स्पष्ट पारे । उनले युक्रेन युद्धका बेला प्रणालीमा ब्रेक लागेपछि मूल्य समायोजन नियमित रूपमा गर्न नसकिएको बताए ।
उनका अनुसार त्यस अवधिमा पेट्रोलको मूल्य अत्यधिक बढ्दा नेपाल आयल निगमले प्रतिलिटर १०० रुपैयाँभन्दा बढी घाटामा बिक्री गर्नुपरेको थियो ।

उनले भने, ‘मूल्य वृद्धिको कुरा उठेको छ । विशेषगरी पेट्रोलियम पर्दाथको स्वचालित मूल्य प्रणाली जुन आयल निगममा लागु भएको थियो । बिचमा युक्रेन युद्धका बेला पनि एकचोटी ब्रेक भयो । त्यसपछि स्वचालित रुपमा जति बढ्छ, त्यति बढाउने, जति घट्छ । तर त्यति घटाउन सकिएन ।

किनभने धेरै बढ्यो । बिचमा एक लिटर पेट्रोलमा एक सय रुपैयाँ भन्दा बढी घाटा आयल निगमलाई थियो । त्यो बेचिरहेका थियौं । निगमले भारतीय आयल कर्पोरेशनसँग खरिद गर्छ । अन्तर्राष्ट्रिय रेट हेर्दा फरक देखिन्छ । तर त्यसमा रिफाइनरी अरु चार्जेजहरु जोडेर जुन इन्डियन आयल कर्पोरेशनले १५–१५ दिनमा मूल्य दिन्छ निगमलाई । त्यो मूल्यको आधारमा नेपालको मूल्य निर्धारण गर्ने गरिन्छ ।’
सचिव राउतले नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थ खरिद गर्ने जानकारी दिँदै अन्तर्राष्ट्रिय मूल्य, रिफाइनरी शुल्क तथा अन्य चार्ज जोडेर भारतीय पक्षले प्रत्येक १५ दिनमा मूल्य निर्धारण गर्ने र त्यसकै आधारमा नेपालमा मूल्य तय हुने बताए ।

त्यसैगरी, उनले ग्यासको मूल्यमा पनि ठूलो घाटा रहेको उल्लेख गरे । उनका अनुसार हाल ग्यास सिलिण्डरमा प्रतिसिलिण्डर १,१४२ रुपैयाँसम्म घाटा देखिएको छ । १४.२ केजीको सिलिण्डरमा १५० रुपैयाँ मूल्य बढाउँदा पनि करिब १,००० रुपैयाँ घाटा रहेको उनले बताए ।

उनले भने, ‘ग्यास सिलिण्डरको मूल्यको पनि बढेर आयो । ११४२ रुपैयाँ घाटा देखिने अवस्था आयो । प्रतिसिलिण्डर १४.२ केजी गर्दाखेरि १५० रुपैयाँ बढाउँदाखेरि लगभग १००० रुपैयाँ प्रतिसिलिण्डर ग्यास अहिले बेच्यो भने घाटा छ । त्यो घाटा राज्यले बेहोरिरहेको छ । भदौदेखि यो मूल्यवृद्धि इन्टरनेशनल मार्केटमा हुन थाल्यो । चाडबाड चुनाव हुँदाखेरि मूल्य बढ्न पुग्यो ।’

राउतले अन्तर्राष्ट्रिय बजारमा भदौदेखि मूल्य बढ्न थालेको र चाडपर्व तथा निर्वाचनको समयमा मूल्यवृद्धि थप दबाबमा परेको उल्लेख गरे । हालको घाटा राज्यले व्यहोर्दै आएको उनले जानकारी दिए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २६ मंगलवार १९:१३

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष...

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

वि.सं.२०८३ साउन २६ मंगलवार १८:४१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विश्वकै...

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

वि.सं.२०८३ साउन २६ मंगलवार १८:२९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी...

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

वि.सं.२०८३ साउन २६ मंगलवार १६:०५

काठमाडौं । नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र प्रविधिमैत्री बनाउन...

प्रधानमन्त्रीले गरेको प्रचारपछि डीडीसीमा सुधार, कृषक भुक्तानी बक्यौता आधाभन्दा बढी घट्यो

प्रधानमन्त्रीले गरेको प्रचारपछि डीडीसीमा सुधार, कृषक भुक्तानी बक्यौता आधाभन्दा बढी घट्यो

वि.सं.२०८३ साउन २६ मंगलवार ०९:५२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत दुग्ध...

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

४० करोड नाफा गरेको हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड

वि.सं.२०८३ साउन २५ सोमवार १२:३०

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत...