back
Naima

खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा नेपालमै पहिलो पटक ‘अन्न एटीएम’ सञ्चालन

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपालमै पहिलो पटक ‘अन्न एटीएम’ भित्र्याएको छ । भारत सरकारको सहयोगमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्राप्त उक्त प्रविधि हाल परीक्षण चरणमा सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

खाद्य कम्पनीकी प्रादेशिक प्रमुख धर्म कुमारी राजवंशीका अनुसार उपभोक्तालाई सहज, पारदर्शी र प्रविधिमैत्री सेवा दिने उद्देश्यले खाद्य एटीएम सञ्चालनमा ल्याइएको हो । उनका अनुसार यो प्रणाली बैंकको एटीएम जस्तै डिजिटल प्रविधिमा आधारित छ, जहाँ उपभोक्ताले आवश्यक खाद्यान्नको परिमाण आफैं इन्ट्री गरेर प्राप्त गर्न सक्छन् ।

खाद्य एटीएम प्रयोग गर्दा सेवाग्राहीले आफ्नो नाम, विवरण तथा आवश्यक परिमाण (१ केजीदेखि २० केजीसम्म) प्रणालीमा इन्ट्री गर्नुपर्ने हुन्छ । विवरण प्रविष्ट गरेपछि बिल जेनेरेट हुन्छ र सोही आधारमा चाहिएको परिमाणको खाद्यान्न ५ देखि १० सेकेन्डभित्र प्राप्त गर्न सकिन्छ । आवश्यकता अनुसार एकभन्दा बढी पटक पनि खाद्यान्न लिन सकिने व्यवस्था गरिएको छ ।

हाल खाद्य एटीएममा दुईवटा कन्टेनर जडान गरिएको छ, जसमा एक–एक मेट्रिक टन क्षमताका गरी कुल दुई टन खाद्यान्न भण्डारण गर्न सकिने व्यवस्था छ । सुरुमा चामल मात्रै राखिएको छ भने भविष्यमा अन्य खाद्यान्नसमेत समावेश गर्ने योजना रहेको राजवंशीले बताइन् ।

भुक्तानी प्रणाली पूर्ण रूपमा डिजिटल रहेको छ । उपभोक्ताले क्युआर कोडमार्फत सबै बैंकबाट भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ । साथै, उपभोक्ताले प्राप्त गरेको परिमाणको विश्वसनीयता सुनिश्चित गर्न एटीएम नजिकै तौल मेसिन पनि राखिएको उनले बताईन् ।

डिजिटल प्रणाली भएकाले सबै उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले यो एटीएम सञ्चालनका लागि एक जना अपरेटरसमेत खटाइएको छ । परीक्षण चरणमा रहेको यस सेवाप्रति उपभोक्ताको प्रतिक्रिया मूल्यांकनपछि थप सुधार तथा विस्तार गरिने कम्पनीको योजना छ ।

प्रारम्भिक चरणमा खाद्य कम्पनीको केन्द्रिय कार्यालय थापाथलीमा यो एटिएम मसिन राखिएको छ भने चाँडैनै सुर्खेतमा समेत यस्तो एटीएम राख्ने योजना रहेको कम्पनीले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनचाँदीको मूल्यमा भारि वृद्धि

सुनचाँदीको मूल्यमा भारि वृद्धि

वि.सं.२०८३ साउन २४ आइतवार १२:५४

काठमाडौं ।नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि वृद्धि...

वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा

वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा

वि.सं.२०८३ साउन २४ आइतवार १२:१७

काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ बिक्री...

असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’, ६५ भन्दा बढी कम्पनीको सहभागिता रहने

असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’, ६५ भन्दा बढी कम्पनीको सहभागिता रहने

वि.सं.२०८३ साउन २४ आइतवार १०:०१

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले...

आईपीओको तयारीमा रहेको कैलाश हेलिकप्टरको आम्दानी २६ प्रतिशत घट्यो

आईपीओको तयारीमा रहेको कैलाश हेलिकप्टरको आम्दानी २६ प्रतिशत घट्यो

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४५

काठमाडौं । प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको कैलाश...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन

काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन

वि.सं.२०८३ साउन २४ आइतवार ०९:३७

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ अर्थात् मुहम्मद शकुर...