back

असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’, ६५ भन्दा बढी कम्पनीको सहभागिता रहने

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले नेपाल फिनटेक एक्स्पो २०२६ (दोस्रो संस्करण) आगामी असोज २३, २४ र २५ (अक्टोबर ९–११, २०२६) मा ललितपुरस्थित हेरिटेज गार्डेन मा आयोजना गर्ने भएको छ।

पहिलो संस्करणको सफलतापछि आयोजना हुन लागेको दोस्रो संस्करण यसपटक थप भव्य, व्यवस्थित र अन्तर्राष्ट्रिय सहभागितासहित सञ्चालन गरिने आयोजकले जनाएको छ। गत वर्ष दुई दिन चलेको एक्स्पो यसपटक लगातार तीन दिन सञ्चालन हुनेछ, जसले प्रदर्शनी अवलोकन, व्यवसायिक छलफल, नेटवर्किङ तथा ज्ञान आदान–प्रदानका लागि थप अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

एक्स्पोमा ६५ भन्दा बढी प्रदर्शनी स्टल, दुई वटा एक्सपिरियन्स जोन, स्वदेशी तथा विदेशी कम्पनीहरूको सहभागिता रहनेछ। कृत्रिम बुद्धिमत्ता (AI), डिजिटल बैंकिङ, डिजिटल पेमेन्ट, एम्बेडेड फाइनान्स, लेन्डिङ टेक्नोलोजीलगायत अत्याधुनिक फिनटेक समाधान तथा प्रविधिहरू प्रदर्शन गरिनेछन्। विभिन्न कम्पनीहरूले आफ्ना नयाँ उत्पादन तथा सेवाको औपचारिक सार्वजनिक (प्रोडक्ट लञ्च) समेत गर्ने कार्यक्रम रहेको छ।

उद्घाटन समारोह अक्टोबर ९ मा हेरिटेज गार्डेन परिसरस्थित क्लासिक भेन्यु मा आयोजना हुनेछ। सहभागी र विशिष्ट अतिथिको सहज व्यवस्थापन, पर्याप्त पार्किङ तथा ठूलो सहभागितालाई ध्यानमा राख्दै उक्त स्थान छनोट गरिएको आयोजकले जनाएको छ।

यस वर्षको एक्स्पोमा ६ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, पेमेन्ट सेवा प्रदायक, नियामक निकाय, सरकारी संस्था, लगानीकर्ता, प्रविधि कम्पनी, स्टार्टअप, विकास साझेदार, विद्यार्थी तथा प्रविधिमा रुचि राख्ने सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहने विश्वास आयोजकको छ।

हाल फिनटेक एलायन्स नेपालमा ५३ वटा कर्पोरेट सदस्य आबद्ध छन्। संस्थाले नेपालको फिनटेक इकोसिस्टमलाई सुदृढ बनाउन नियमित रूपमा फिनटेक फ्राइडे, फिनटेक सोसल तथा सीटीओ रिट्रिट जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

एक्स्पोका लागि टाइटल स्पोन्सर, पावर्ड बाइ पार्टनर, गोल्ड, सिल्भर तथा नेटवर्किङ स्पोन्सर लगायतका सहकार्य अवसर खुला गरिएको छ। प्रदर्शकका लागि प्रति स्टल शुल्क ७५ हजार रुपैयाँ तोकिएको छ भने FAN का कर्पोरेट सदस्यलाई ५० प्रतिशत छुट दिइनेछ। अन्तर्राष्ट्रिय प्रदर्शकका लागि प्रति स्टल ७५० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ।

एक्स्पोको पहिलो दिन साँझ स्पोन्सर, प्रदर्शक, साझेदार, नियामक निकाय, बैंक तथा फिनटेक कम्पनीबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले विशेष नेटवर्किङ डिनर आयोजना गरिनेछ। यस संस्करणमा पहिलोपटक प्रिमियम लाउन्ज सेवा समेत उपलब्ध गराइनेछ, जहाँ प्रिमियम पासवाहक तथा विशिष्ट अतिथिका लागि विशेष आतिथ्यता र बिजनेस नेटवर्किङ सुविधा रहनेछ।

यस वर्ष खल्ती लाई एक्स्पोको अफिसियल टिकटिङ पार्टनर बनाइएको छ। प्रवेश टिकट खल्ती प्लेटफर्ममार्फत खरिद गर्न सकिनेछ। सर्वसाधारणका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। फिनटेक क्षेत्रको विकासमा उल्लेखनीय योगदान दिएका व्यक्ति तथा संस्थालाई भने निःशुल्क पास उपलब्ध गराइने आयोजकले जनाएको छ।

फिनटेक एलायन्स नेपालले बैंक तथा वित्तीय संस्था, फिनटेक कम्पनी, प्रविधि प्रदायक, स्टार्टअप, लगानीकर्ता, नीति निर्माता, नियामक निकाय, सञ्चारमाध्यम तथा प्रविधिप्रेमी सर्वसाधारणलाई एक्स्पोमा सहभागी भई नेपालको डिजिटल वित्तीय भविष्य निर्माणको यात्रामा सहकार्य गर्न आह्वान गरेको छ।

आयोजकका अनुसार नेपाल फिनटेक एक्स्पो २०२६ केवल प्रदर्शनी मात्र नभई नेपालको वित्तीय प्रविधि, नवप्रवर्तन, सहकार्य र डिजिटल रूपान्तरणलाई नयाँ उचाइमा पुर्‍याउने साझा मञ्चका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

आईपीओको तयारीमा रहेको कैलाश हेलिकप्टरको आम्दानी २६ प्रतिशत घट्यो

आईपीओको तयारीमा रहेको कैलाश हेलिकप्टरको आम्दानी २६ प्रतिशत घट्यो

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४५

काठमाडौं । प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको कैलाश...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन

काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन

वि.सं.२०८३ साउन २४ आइतवार ०९:३७

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ अर्थात् मुहम्मद शकुर...

उद्योग मन्त्रालयको अपिल : १५ दिन पुग्ने ग्यास छ भने अनावश्यक लाइनमा नबस्न आग्रह

उद्योग मन्त्रालयको अपिल : १५ दिन पुग्ने ग्यास छ भने अनावश्यक लाइनमा नबस्न आग्रह

वि.सं.२०८३ साउन २४ आइतवार ०९:१५

काठमाडौं । उद्योगमन्त्रीको सचिवालयले घरमा कम्तीमा १५ दिन पुग्ने ग्यास...

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ साउन २४ आइतवार ०९:१२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री

प्रसारण लाइन विस्तार सरकारको पहिलो प्राथमिकता : ऊर्जामन्त्री

वि.सं.२०८३ साउन २२ शुक्रवार २०:२६

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा विद्युत वितरण लाइन,...