back

वनस्थलीमा डीडीसीको आठौँ बिक्री केन्द्र सञ्चालनमा

काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँको वनस्थलीमा आफ्नो आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । उपभोक्तालाई संस्थानका दूध तथा दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याइएको हो ।

बिक्री केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले संस्थानका उत्पादन उपभोक्तासम्म सहज रूपमा पु¥याउन यस्ता बिक्री केन्द्र विस्तार गरिँदै आएको बताए ।

उनले बिक्री केन्द्र विस्तारसँगै किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित गर्न र स्वदेशी दुग्धजन्य पदार्थको खपत बढाउन सहयोग पुग्ने बताए । उपभोक्ताले पनि एउटै स्थानबाट संस्थानका विभिन्न दुग्धजन्य पदार्थ सहज रूपमा खरिद गर्न सक्ने उनको भनाइ छ ।

पाण्डेले संस्थानले उपभोक्ताको माग र बजारको आवश्यकतालाई हेरेर आगामी दिनमा थप स्थानमा बिक्री केन्द्र विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

वनस्थलीमा केन्द्र सञ्चालनमा आएसँगै दुग्ध विकास संस्थानका यस्ता बिक्री केन्द्रको संख्या आठ पुगेको छ । संस्थानले बिक्री केन्द्र विस्तारलाई किसानको दूधको बजार सुनिश्चित गर्ने र उपभोक्तालाई गुणस्तरीय स्वदेशी दुग्धजन्य पदार्थ उपलब्ध गराउने माध्यमका रूपमा अघि बढाएको जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सुनचाँदीको मूल्यमा भारि वृद्धि

सुनचाँदीको मूल्यमा भारि वृद्धि

वि.सं.२०८३ साउन २४ आइतवार १२:५४

काठमाडौं ।नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारि वृद्धि...

असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’, ६५ भन्दा बढी कम्पनीको सहभागिता रहने

असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’, ६५ भन्दा बढी कम्पनीको सहभागिता रहने

वि.सं.२०८३ साउन २४ आइतवार १०:०१

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपालले...

आईपीओको तयारीमा रहेको कैलाश हेलिकप्टरको आम्दानी २६ प्रतिशत घट्यो

आईपीओको तयारीमा रहेको कैलाश हेलिकप्टरको आम्दानी २६ प्रतिशत घट्यो

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४५

काठमाडौं । प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको कैलाश...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...

काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन

काठमाडौंमा ‘जमजम ब्रदर्स’, ‘जमजम पफ्र्युम्स नेपाल’को उद्घाटन

वि.सं.२०८३ साउन २४ आइतवार ०९:३७

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ अर्थात् मुहम्मद शकुर...

उद्योग मन्त्रालयको अपिल : १५ दिन पुग्ने ग्यास छ भने अनावश्यक लाइनमा नबस्न आग्रह

उद्योग मन्त्रालयको अपिल : १५ दिन पुग्ने ग्यास छ भने अनावश्यक लाइनमा नबस्न आग्रह

वि.सं.२०८३ साउन २४ आइतवार ०९:१५

काठमाडौं । उद्योगमन्त्रीको सचिवालयले घरमा कम्तीमा १५ दिन पुग्ने ग्यास...