माउन्टेन इनर्जीको लाभांश घोषणा
वि.सं.२०८२ कात्तिक २१ शुक्रवार
काठमाडौं। माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै सो बैठकले लाभांश प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा गर्ने निर्णय पनि गरेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
प्रकाशित समय : १२:४६ बजे

















