back

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

nactional life

काठमाडौं। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई राष्ट्रिय स्तरको भुक्तानी कार्ड सुविधा प्रदान गर्ने भएको छ। बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग ‘नेसनल कार्ड स्वीच’ तथा ‘नेपालपे कार्ड’को प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरेको छ।

कार्तिक १८ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।

यो सम्झौतासँगै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अब एनसीएचएलको राष्ट्रिय कार्ड स्वीच प्रणालीमा जोडिएको छ। यसपछि बैंकले आफ्ना ग्राहकहरूका लागि एनसीएचएलद्वारा सञ्चालित नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम ‘नेपालपे कार्ड’ जारी गर्न र उक्त कार्ड स्वीकार गर्न सक्नेछ।

एनपीएस–एनसीएस विभिन्न कार्ड स्वीचहरूबीच अन्तरआबद्धता कायम गरी डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि स्थापित एक केन्द्रीय प्रणाली हो। यो प्रणालीको कार्यान्वयनले घरेलु कार्ड कारोबारको लागत घटाउन, भुक्तानीसम्बन्धी डाटालाई स्थानीयकरण गर्न र डिजिटल भुक्तानी इकोसिस्टममा नवीनतम उपकरणहरूको विकासलाई बढावा दिन मद्दत पुग्ने विश्वास लिइएको छ।

एनसीएचएलको यस प्रणालीमा हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र १०० भन्दा बढी गैर-बैंकिङ सदस्यहरू आबद्ध भइसकेका छन्। देशभर ८८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा १८ एटीएम टर्मिनल मार्फत सेवा प्रदान गर्दै आएको अग्रणी विकास बैंक शाइन रेसुङ्गाको यो सहकार्यले डिजिटल भुक्तानीको पहुँचलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

मुक्तिनाथ विकास बैंकको ‘फाइदा एप’ मा ‘सेल्फ–रिन्यु’ सुविधा थप

वि.सं.२०८३ जेठ १२ मंगलवार १७:४५

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा...

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

निर्जीवन बीमा बजारमा उत्साह: १० महिनामै संकलन भयो ४० अर्बमाथि बीमाशुल्क

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:२०

काठमाडौँ । नेपालको निर्जीवन बीमा व्यवसायमा चालु आर्थिक वर्षको १०...

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

सिद्धार्थ बैंकद्वारा तनहुँका १२ सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

वि.सं.२०८३ जेठ १२ मंगलवार ११:०३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाका १२ वटा...

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा  ?

नेपाल बीमा प्राधिकरणको कारवाहीमा ६ बीमा कम्पनी, कुन कुन परे कारवाहीमा ?

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ६ बीमा कम्पनीहरुलाई २र२ लाख...

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५३

काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं...

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

राष्ट्रिय वाणिज्य बैंकद्वारा उदय परियोजना अन्तर्गत कोशी प्रदेशमा साना तथा मझौला उद्यम कर्जा लगानी गरिने

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:५०

काठमाडौं। साना तथा मझौला कर्जा लगानी लाई प्रोत्साहन गर्ने उद्धेश्यले...