back
himalayan life

पोखरा बेलुन विस्फोट घटनाको छानविन समितिले बुझायो प्रतिवेदन: के छ प्रतिवेदनमा ?

काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उदघाटन समारोहमा भएको बेलुन विस्फोटको विषयको अनुसन्धान गर्न गठिन छानविन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । भ्रमण वर्ष उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइत भएका थिए ।

घटना लगत्तै गृहमन्त्री लेखकले मन्त्रीस्तरको निर्णय गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानविन समिति गठन गरेका थिए ।
समितिले घटनाको विस्तृत छानविन गरी र आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन पूर्वसर्तकता र अवलम्वन गर्नुपर्ने उपायसहितको प्रतिवेदन बुझाएको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिएका छन् ।

समितिले विशिष्ट व्यक्तिहरुको सहभागिता रहने कार्यक्रममा विशिष्ट व्यक्ति स्वयंले संवेदनशीलता ख्याल गर्नुपर्ने, सुरक्षालाई भन्दा उपस्थितिलाई मात्र प्राथमिकता दिने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने, मञ्चका कार्यक्रमहरुमा प्रज्वलनशिल पदार्थहरुको प्रयोग गर्न पूर्ण रुपमा रोक लगाउनुपर्ने र प्रविधिका नाउँमा जोखिम मूल्याङ्कन नगरी कुनै कार्यक्रमहरु औपचारिक समारोहमा समावेश गर्न नहुने लगायतका सुझावसहितको विषय समेटिएको छ । त्यसका साथै भविष्यमा यस प्रकारका घटना हुन नदिन सुधार गर्नुपर्ने विषयहरू समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जसमा विस्फोटक रसायन र प्रज्वलनशील पदार्थको अनाधिकृत आपूर्ति तथा उपयोगमा बन्देज लगाउनुपर्ने, यस्ता प्रकृतिका कार्यक्रम आयोजना गर्नुपूर्व अनुमति लिने क्रममा स्थानीय प्रशासनलाई कार्यक्रमको रुपरेखा उपलव्ध गराउनु पर्ने व्यवस्था मिलाउनुपर्ने, कार्यक्रममा सुरक्षा मापदण्डलाई ध्यानमा राखी सुरक्षित विकल्पहरुको उपयोग गर्ने, बेलुन उडाउन आवश्यक भएमा अप्रज्वलनशील हिलियम ग्याँस प्रयोग गर्ने, यस्ता प्रकृतिका कार्यक्रममा अनुमति विना आतिसबाजी तथा विष्फोटक रसायनको प्रयोगलाई पूर्णतः बन्देज लगाउनुपर्ने र सार्वजनिक कार्यक्रममा सहभागी हुने विशिष्ट/अति विशिष्ट व्यक्तिले समेत आफू सहभागी हुने सार्वजनिक कार्यक्रमको सञ्चालन र व्यवस्थापन बारे अग्रिम जानकारी लिई सुरक्षाको सुनिश्चितता भई कार्यक्रममा उपस्थिति हुने संस्कारको विकास गर्नुपर्ने लगायतका विषय सुधार गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी यस प्रकारका कार्यक्रम संचालनपूर्व आयोजक पक्षबाट योजना बनाउने र सरोकारवाला निकायहरुसँग निरन्तर रुपमा प्रभावकारी समन्वय गर्नुपर्ने, सार्वजनिक कार्यक्रमहरु ९सभा, सम्मेलन, मेला, महोत्सव, प्रदर्शनी, ¥याली लगायतका कार्यक्रम० संचालन गर्ने सन्दर्भमा सुरक्षा व्यवस्था, विपद् व्यवस्थापन, कार्यक्रम सञ्चालन विधि लगायतका विषयहरु समेत समेट्ने गरी स्पष्ट कार्यविधि मापदण्ड तर्जुमा गर्नुपर्ने समितिको सुझाव छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

वि.सं.२०८३ असार १४ आइतवार १४:११

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण...

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

तीन तहबीच समन्वय नहुँदा विकास आयोजना कार्यान्वयनमा समस्या देखियो : उपाध्यक्ष डा.भट्ट

वि.सं.२०८३ असार १२ शुक्रवार १५:३१

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले संघ,...

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

वि.सं.२०८३ असार १२ शुक्रवार १५:२८

काठमाडौं । ललितपुर महानगरपालिकाले युवालाई सीप, रोजगारी र उद्यमशीलतासँग जोड्ने...

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

सुनको मूल्य बढ्दा चाँदी घट्यो 

वि.सं.२०८३ असार १२ शुक्रवार १२:१४

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल...

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ? भारतमा शून्य, केही मुलुकमा उच्च शुल्क

वि.सं.२०८३ असार १२ शुक्रवार १०:००

काठमाडौं । नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए...

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर...