back

कनेक्ट किसान र नेपाल भेटरिनरी एण्ड ड्रगिस्ट एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर

काठमाडौं । कनेक्ट किसान र नेपाल भेटरिेनरी केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनबीच एक महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा एसोसिएसनका अध्यक्ष रितेश रिमाल र कनेक्ट किसानका निर्देशक राजन दाहालले हस्ताक्षर गरेका छन्। कनेक्ट किसान र एसोसिएसनबिचको सहकार्यले कृषि क्षेत्रको डिजिटलाइजेशनलाई थप मजबुत बनाउन भूमिका निर्वाह गर्ने अपेक्षासाथ यो सम्झौतामा हस्ताक्षर गरिएको हो ।

यो साझेदारी भेटरिनरी क्षेत्रको डिजिटलाइजेशनको दिशामा एक महत्वपूर्ण कदम हो। सम्झौताले तीन प्रमुख उद्देश्यलाई प्राथमिकता दिएको छ । कनेक्ट किसानका निर्देशक राजन दाहालले भने, ‘हाम्रो मुख्य उद्देश्य सदस्यहरूलाई स्मार्ट फार्मिङ प्रविधिहरूको उपयोग गर्न सघाउनु हो। अर्डर व्यवस्थापन प्रणाली कार्यान्वयन गरेर कृषक र भेटरिनरी सेवा प्रदायकलाई अझ प्रभावकारी रूपमा जोड्ने छौँ ।’

यो सम्झौताले कृषि र भेटरिनरी सेवामा अनलाइन प्रविधिको समावेशलाई सुनिश्चित गर्दै भविष्यमा प्रगति र विकासको दिशा तय गर्ने अपेक्षासाथ गरिएको छ। यस सहकार्यले कृषि क्षेत्रमा नयाँ प्रविधिको प्रयोगलाई बढावा दिने र कृषक समुदायलाई अधिक प्रभावकारी र सुलभ सेवाहरू प्रदान गर्ने एसोसिएसनका अध्यक्ष रिमालले विश्वास व्यक्त गरे ।


खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्यो

खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्यो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १९:१०

काठमाडौँ । दक्षिणी चिनियाँ शहर शेन्जेन रोबोटिक्स नवप्रवर्तन र उत्पादनको...

स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द,आपतकालीन संकट घोषणा

स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द,आपतकालीन संकट घोषणा

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:२६

काठमाडौं । स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकाल...

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:१६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस...

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०९:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी...

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा चेम्बरको सुझाव

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा चेम्बरको सुझाव

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२०

काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा लगानीमैत्री वातावरण र...

नयाँ बजेटमा समेट्न उद्योग वाणिज्य महासंघले कांग्रेसलाई बुझायो सुझाव

नयाँ बजेटमा समेट्न उद्योग वाणिज्य महासंघले कांग्रेसलाई बुझायो सुझाव

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:१४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८२/८३...