back

दरबारमार्गमा मोहीको लेबलिङ र प्याकेजिङ सुरु

देशभित्रै उत्पादित वस्तु र मौलिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ

काठमाडौं । नेपाल डेरी एसोसिएसनले काठमाडौँबाट पनि मोहीको लेबलिङ र प्याकेजिङको सुरुवात गरेको छ ।

एसोसिएसनले शुरु गरेको मोही अभियान सार्थक रुपमा सफल भइ देशभर प्याकेजिङ भइरहेको अवस्थामा आज (शनिबार) पहिलो दिन दरबारमार्गको रैथाने उपज बिक्री वितरण हाटबजारबाट लेबलिङ र प्याकेजिङ सुरु गरेको हो ।

सोही क्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले देशभित्रै उत्पादित वस्तु र मौलिक उत्पादनलाई नै प्रोत्साहन गर्नुपर्छ भनेर अभियान सुरु गरेको जानकारी दिए । उनले मोही उत्पादन र व्यापार राम्रो भइरहेको बताए ।

उनले भने, ‘मोही अभियान दुई वर्षका लागि सम्झौता गरेर ‘निशुल्क मोही खुवाउने ठेकीमा पारेर’ भन्ने अभियान सुरु गरेका थियौं । डेढ बर्षको समयमा देशभर लगभग १३ वटा डेरीहरुले यसरी लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ् गरेर बजारमा मोही पुर्याइरहेका छन् ।

यसले मोही बनाउने घरमा पाहुनाहरुलाई मोहीले स्वागत गर्ने मौलिक परम्परा बचाउने काम गर्छ । पछिल्लो समय अन्य वस्तुहरुले यसको ठाँउ लिएको थियो । त्यसकारण पनि निःशुल्क मोही दिएर यसको प्रचारप्रसार गरेको छ ।’


खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्यो

खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्यो

वि.सं.२०८२ वैशाख १६ मंगलवार १९:१०

काठमाडौँ । दक्षिणी चिनियाँ शहर शेन्जेन रोबोटिक्स नवप्रवर्तन र उत्पादनको...

स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द,आपतकालीन संकट घोषणा

स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द,आपतकालीन संकट घोषणा

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:२६

काठमाडौं । स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकाल...

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:१६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस...

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८२ वैशाख १६ मंगलवार ०९:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी...

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा चेम्बरको सुझाव

लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा चेम्बरको सुझाव

वि.सं.२०८२ वैशाख १५ सोमवार १६:२०

काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सले आगामी बजेटमा लगानीमैत्री वातावरण र...

नयाँ बजेटमा समेट्न उद्योग वाणिज्य महासंघले कांग्रेसलाई बुझायो सुझाव

नयाँ बजेटमा समेट्न उद्योग वाणिज्य महासंघले कांग्रेसलाई बुझायो सुझाव

वि.सं.२०८२ वैशाख १५ सोमवार १४:१४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८२/८३...