back

एनसीएचएलको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न, सभामा २० प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले आर्थिक वर्ष २०८०/८१ को तेह्रौं वार्षिक साधारण सभा मिति २८ पुस मा सम्पन्न गरेको छ।

सभामा लेखापरीक्षण प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्नुका साथै कम्पनीले शेयरधनीहरूलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद सहित २० प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यो निर्णयसँगै एनसीएचएलको चुक्ता पुँजी र १ अर्ब २६ करोड ८२ लाख ७० हजार ९०० रुपैयाँ पुग्नेछ। सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गर्दै २ खर्ब २५ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि स्वीकृत गरेको छ।

कम्पनीले पूँजी वृद्धिबाट नेशनल पेमेन्ट स्वीच, राष्ट्रिय तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुदृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नति गर्ने योजना बनाएको छ।

कम्पनीको आर्थिक वर्ष २०८०/८१ मा फर्छ्यौट भएका कारोबारहरूको संख्या ५४ प्रतिशतले वृद्धि भएको छ। यससँगै कम्पनीको खुद नाफा ६.२ प्रतिशतले बढेको छ। उक्त आर्थिक वर्षमा एनसीएचएलको भुक्तानी प्रणालीहरू मार्फत कुल १५६ खर्ब बराबरको १२.६ करोड भुक्तानी कारोबारहरू राफसाफ भएका थिए।

बैठकले कम्पनीको सञ्चालक समितिमा तीन जना सञ्चालकहरूलाई निर्विरोध पुनः चयन गरेको छ। वाणिज्य बैंकहरूबाट प्रतिनिधित्व गर्दै हिमालयन बैंक लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल, र सिद्धार्थ बैंक लिमिटेडका प्रमुख सूचना प्रविधि अधिकृत सृजन मल्ल पुनः निर्वाचित भएका छन्।

एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको एक जना सदस्य, वाणिज्य बैंकहरूबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीहरूबाट एक, एक जना, तथा एक स्वतन्त्र सदस्य रहेका छन्।

कम्पनीको स्वामित्व संरचनामा नेपाल राष्ट्र बैंकको ९.४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको ९०.५५ प्रतिशत स्वामित्व रहेको छ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...