फोनपे पेमेण्ट सर्भिसको लाभांश प्रस्ताव पारित
वि.सं.२०८१ माघ १ मंगलवार
काठमाडौं । फोनपेको पाँचौं वार्षिक साधारण सभा पुष २९ गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको छ ।
फोनपे पेमेण्ट सर्भिस लिमिटेडले १०.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित छ ।
फोनपेको पाँचौं साधारण सभाले शेयरधनीहरुलाई २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कार्यक्रममा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिएको छ ।
यसका साथै, आ.व.२०८१/८२ को लेखापरिक्षकको लागि एनबीएसएम एण्ड एसोसिएट्सलाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।
प्रकाशित समय : १२:३७ बजे





















