back

एलाइभ सहकारीले एकैपटक सम्पन्न गर्यो दुई आर्थिक वर्षको साधारण सभा

काठमाडौं । एलाइभ वचत तथा ऋण सहकारी संस्था लिमिटेडले एकैपटक दुई वर्षको साधारण सभा सम्पन्न गरेको छ ।

संस्थाले १५औँ र १६औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । काठमाडौं महानगरपालिका–२७ अशनमा केन्द्रीय कार्यालयको सहकारीले शनिबार आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक साधारण सभा एकैसाथ सम्पन्न गरेको हो ।

संस्थाका उपाध्यक्ष दलबहादुर श्रेष्ठको सभापतित्वमा कार्यालय प्राङ्गणमै साधारण सभा सम्पन्न गरिएको संस्थाका प्रबन्ध निर्देशक उमेश खड्काले बताए ।

श्रेष्ठका अनुसार साधारण सभामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र संस्थाका प्रबन्ध निर्देशकका तर्फबाट विभिन्न प्रतिवेदनहरू पेश गरिएका थिए । ती सबै प्रतिवेदनहरू व्यापक छलफलपछि सर्वसम्मतरूपमा पारित गरिएको छ ।

संस्थाले आव २०७९/८० मा ७६ लाख ७४ हजार र आव २०८०/८१ म २ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । हाल संस्थाको सेयरपुँजी चार करोड ४२ लाख ५१ हजार रुपैयाँ कायम भएको छ ।

संस्थाभित्रको केही आन्तरिक समस्याका कारण गत आर्थिक वर्षको साधारण सभा समयमै हुन नसकेकाले दुईवटै आर्थिक वर्षको साधारण सभा एकैपटक उपाध्यक्ष श्रेष्ठले बताए ।

‘केही वर्षयता सहकारीप्रति आमरूपमा देखिएको समस्याका कारण एलाइभ बचत तथा ऋण सहकारी संस्थामा पनि केही समस्या उत्पन्न हुनपुग्यो । त्यसकारण हामीले समयमै साधारण सभा गर्न सकेका थिएनौँ,’ उपाध्यक्ष श्रेष्ठले भने,‘यसबीचमा संस्थाभित्र जेजस्ता समस्या आए पनि अहिलेसम्म संस्थालाई निरन्तरता दिइँदै आएको र आगामी दिनमा थप सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता गर्छौ ।’

 

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...