पाँच महिनामा वाणिज्य बैंकहरूले कमाए ३० अर्ब ५९ करोडबढी नाफा, कुनले कति कमाए ?
सबैभन्दा बढी कमाउनेमा नबिल बैंक
वि.सं.२०८१ पुस २९ सोमवार
काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकहरूले साढे ३० अर्ब खुद नाफा गरेका छन् ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म वाणिज्य बैंकहरूले ३० अर्ब ५९ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेका छन् ।
गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा ७.८४ प्रतिशतले बढेको हो ।
यस अवधिमा सबैभन्दा बढी कमाउनेमा नबिल बैंक अगाडि रहेको छ । बैंकले पाँच महिनामा ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । त्यसैगरी दोस्रो स्थानमा ग्लोबल आइएमई बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
बढी नाफा कमाउनेमा तेस्रो स्थानमा नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले २ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नेपाल बैंकले मंसिरसम्म कुल १ अर्ब ५१ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, एनआईसी एसिया बैंकले ६३ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यसैगरी कुमारी बैंकले १ अर्ब ९९ करोड, प्राइम बैंकले १ अर्ब ९६ करोड, एभरेष्ट बैंकले १ अर्ब ९४ करोड, एनएमबी बैंकले १ अर्ब ९० करोड, प्रभु बैंकले १ अर्ब ८३ करोड, लक्ष्मी सनराईज बैंकले १ अर्ब ६५ करोड र नेपाल बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यसैगरी, स्टान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ३७ करोड, नेपाल एसबीआई बैंकले १ अर्ब ३४ करोड, हिमालयन बैंकले १ अर्ब ३३ करोड, सिद्धार्थ बैंकले ९७ करोड, सानिमा बैंकले ९० करोड, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड, माछापुच्छ्रे बैंकले ८२ करोड र सिटिजन्स बैंकले ६९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
प्रकाशित समय : १२:४६ बजे





















