back

निजी क्षेत्रसँग साझेदारी आवश्यक : उपप्रधानमन्त्री सिंह

‘नेपाल १९९० को दशकसम्म विश्वका सबैभन्दा कम शहरीकरण भएका देशमध्ये एक भए पनि पछिल्ला वर्षहरूमा शहरीकरणको दर तीव्र छ ।

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरपालिका पूर्वाधार लगानी शिखर सम्मेलन २०२४ मा नेपालका शहरी पूर्वाधारको चुनौती समाधानका लागि निजी क्षेत्रको साझेदारी र नवप्रवर्तनशील रणनीतिहरूको आवश्यकतामा जोड दिएका छन् ।

काठमाडौंमा सोमबार आयोजित उक्त सम्मेलनलाई सम्बोधन गर्दै सिंहले यस्तो बताएका हुन् ।

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री सिंहले नगर विकास कोषले नगरपालिका पूर्वाधार निर्माणका लागि दीर्घकालीन वित्तीय समाधानहरू जुटाउँदै जीवनस्तर सुधार र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन् ।

‘नेपाल १९९० को दशकसम्म विश्वका सबैभन्दा कम शहरीकरण भएका देशमध्ये एक भए पनि पछिल्ला वर्षहरूमा शहरीकरणको दर तीव्र छ । १९९० देखि २०१४ सम्म, नेपाललाई विश्वका तीव्र शहरीकरण भएका शीर्ष १० देशमध्ये राखिएको थियो,’ सिंहले भने ।

उनले नगरपालिकाहरूले शहरी पूर्वाधार र सेवा प्रवाहका लागि बढ्दो माग पूरा गर्न संघर्ष गरिरहेको उल्लेख गरेका छन् । २०१७ को राष्ट्रिय शहरी विकास रणनीतिले शहरी क्षेत्रमा पूर्वाधार लगानी अन्तरलाई पूर्ति गर्न १५ वर्षमा झण्डै ४,८६९ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको तथ्य प्रस्तुत गर्दै उनले सरकारी स्रोत र अन्तरसरकारी वित्तीय हस्तान्तरण मात्र पर्याप्त नहुने बताए ।

सिंहले सम्मेलनमा सरकारको प्रयासहरूलाई निजी क्षेत्र, विकास साझेदार र बहुपक्षीय वित्तीय संस्थाहरूसँगको साझेदारीद्वारा सुदृढ गर्नुपर्नेमा जोड दिए । उनले नेपाल पूर्वाधार शिखर सम्मेलन २०२४ का क्रममा विशेषज्ञहरूले लगानीमैत्री वातावरण सिर्जनाका लागि थप पहल आवश्यक भएको धारणा व्यक्त गरेको स्मरण गरेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...