back

वीरगन्जमा सार्वजनिक भयो प्रिमियम र स्मार्ट नामी इभी

काठमाडौं । नेपालमा डोंगफेंग ईभीहरूको आधिकारिक वितरक एमएडब्लू वृद्धिले मधेस प्रदेशको वीरगन्जमा आफ्नो प्रिमियम र स्मार्ट ईभी, नामी सार्वजनिक गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा उपस्थित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमएडब्लू वृद्धि मोटर्सका प्रबन्धनिर्देशक विवेक सिकरिया, राज्य सभा भारतको पूर्वमुख्यमन्त्री सबिर अली, नारायणी अटोकर्पका अदक्ष्य रवीबजाज र डोङफेङ वीरगन्ज नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजतबजाज, बृद्धि ग्रुपका प्रबन्ध निर्देशक ओम सिकारिया लगायतले संयुक्त रुपमा नामीको अनावरण गरेका थिए।

आफ्नो सेग्मेन्टको सबैभन्दा लक्जरियस र इन्टेलिजेन्ट नामीइभीले मधेश प्रदेशको बजारमा नयाँ बेन्चमार्क स्थापित गर्न तयार छ । ह्याचब्याकको रूपमा वर्गीकृत भएतापनि यो गाडी प्रतिस्पर्धीहरूको तुलनामा ठूलो आकारको छ । यसको आयाम र चौडाइ यसका प्रतिद्वन्द्वीहरूको भन्दा उत्कृष्ट रहेको छ र यसले धेरैवटा सेग्मेन्टमा–पहिलो र सेग्मेन्टमा–उत्कृष्ट प्रविधिहरू समावेश गर्दछ ।

कार्यक्रममा एमएडब्लू वृद्धिमोटर्सका डिलर प्रमुख श्री गोभिन्द भुसालले नामी ईभीले देशव्यापी रूपमा ग्राहकहरूबाट व्यापक मान्यता र प्रशंसा पाइरहेको कुरा साझा गर्न पाएकोमा आफ्नो खुसी व्यक्त गरे। उनले विक्री मात्र होइन विक्री पछिको सेवालाई पनि उत्तिकै महत्व दिने बताउनु भयो । ‘ग्राहकको सन्तुष्टि पहिलो प्राथमिकता हुनेछ,’ उनले भने । उनले कार किन्नुअघि कारको ब्राण्ड र कार ल्याउने आयातकर्ता दुईवटा कुरामा ध्यान दिनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विद्युतिय गाडीको भविष्य नेपालमा उज्जवल रहेको बताए । पछिल्लो परिवेशमा वातावरणमैत्री सवारी साधनप्रतिको आकर्षण बढ्दै गएको स्विकार गर्दै विद्युतिय सवारी साधनको प्रयोगलाई बढावा दिनुपर्नेमा उनले जोड दिए ।

नामीः सेग्मेन्टमा–पहिलो सुविधाहरूले भरिपूर्ण

नामी ईभीले आफ्नो सेग्मेन्टमा विलासिता र बुद्धिमत्ताको नयाँमानक स्थापित गरेको छ। यसको विलासी इन्टेरियर र उन्नत स्मार्ट टेक्नोलोजीयसको स्लीक डिजाइनमा निर्बाध रूपमा एकीकृत गरिएको छ।

यसमा वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डुअर, फ्लस डुअर ह्यान्डल, अटो पार्किङ र टेबलटप सहितको यात्रु ड्रएर जस्ता सेग्मेन्ट–फर्स्ट आविष्कारहरू छन्।

यो ईभी उत्साहीहरूका लागि आदर्श फ्युचरिस्टिक ह्याचब्याक तीन भेरियन्टहरू; नामी ई१, नामी ई२ र नामी ई३, चार रङहरू; सेतो, नीलो, हरियो र बैजनीएवम् सेतो र नीलो, सेतो र हरियो र सेतो र बैजनी जस्ता डुअल टोन रङहरूको विकल्पहरूको साथमा उपलब्ध छ।

नामीले लेभल २ एडीएएस, भेन्टिलेटेड र तातो सिटहरू, १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, १७इन्चको टायर, १२ अल्ट्रासोनिक रडार सहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल र स्वतःमधुरो हुने प्रणाली सहितको स्टार–लाइट क्रिस्टल एलईडी हेडल्याम्प्स जस्ता सेगमेन्टमा–सर्वश्रेष्ठ सुविधाहरू समेटेको छ।

थप सुविधाहरूमा निकटता लक-अनलक, बहु–रङ एम्बियन्ट लाइटिंग, एक–टचमा आराममोड, फ्ल्याट–फोल्डिंग फ्रन्ट सीट, बाह्य डिस्चार्ज क्षमता, एक व्यक्तिगत टचस्क्रिन केन्द्रीयकन्सोल र एक विलासीअर्बान भित्री ठाउँ समावेश छ।

वीरगन्जमाशोरुम उद्घाटन र सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प

सार्वजनिकरण पश्चात् ग्राहकहरुलाई अत्याधुनिक डोङफेङ र सेरेस विद्युतीय सवारी साधनहरुको इमर्सिभ अनुभवप्रदान गर्ने उद्देश्यले एमएडब्लू वृद्धी मोटर्स र नारायणी अटोकर्पले वीरगन्जमा नयाँ शोरुमको उद्घाटन गर्ने तयारी गरेको छ ।

ग्राहकहरूलाई थप आकर्षित गर्न एमएडब्लू वृद्धिले मधेश प्रदेशको सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरिरहेको छ यही मंसिर १९ गते बुधवारदेखि २१ गतेसम्म ग्राहकहरूले विशेष अफरहरू सहित विद्युतीय सवारी साधनहरूको दायरा अन्वेषण गर्न सक्छन्।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...