मुक्तिनाथ बैंक एनसिएचएल सम्झौता अली पे प्लसबाट अन्तरदेशीय भुक्तानी गर्न सकिने
वि.सं.२०८१ मंसिर १९ बुधवार
काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकको नेपाल पे क्युआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्युआरमा अलीपे प्लसको नेटवर्कमार्फत नेपालमा भुक्तानी गर्न सकिने छ।
यसबाट चाइना, हङकङ, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, साउथ कोरिया, स्विडेन, इटलीलगायतका देशबाट नेपाल आएका पर्यटकले डोमेस्टिक वालेटमार्फत बैंकको नेपाल पे क्युआर तथा यसमा इन्टरअपरेबल मर्चेन्ट क्युआरमा सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।
मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरेको छ। बैंकले हालै ‘मोबाइल एक फाइदा अनेक’ लिन सक्ने ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ।
यस बैंकले विकास बैंकमध्ये नेपालकै पहिलो सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फन्ड यही मंसिर २० गतेबाट बिक्रीमा ल्याउन लागेको जनाएको छ।
प्रकाशित समय : १७:३६ बजे





















