back

नेपाल प्रिमियर लिग डिशहोम गो एप र एक्सन स्पोर्टसको युट्यूब च्यानलमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ ।

साझेदारी अन्तर्गत डिशहोमले नेपालका क्रिकेट प्रेमीहरूलाई एनपीएल २०२४ का सबै म्याचहरू प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक यूट्यूब च्यानलमा प्रशारण गर्नेछ ।

कम्पनीको यो पहलले नेपालका सबै क्रिकेट प्रेमीहरूले सहज रुपमा एनपीएल २०२४ का सम्पुर्ण खेलहरु नेपाल भित्र जुनसुकै स्थान वाट सहज रुपमा हेर्न सकिनेछ ।

डिश मिडिया नेटवर्क लिमिटेड नेपाली क्रिकेटको विकासका लागि सहयोग र प्रेरणा प्रदान गर्न सधैं तत्पर रहेको डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बताए ।

एनपीएल २०२४ को डिजिटल स्ट्रिमिङ अधिकारको प्राप्ति ठूलो उपलब्धि भएको र यो साझेदारीले नेपाली क्रिकेटलाई नयाँ उच्चाईमा पु¥याउन मद्दत गर्नका साथै देशभरिका क्रिकेट प्रेमीहरूलाई एकै स्थानमा जोड्ने विश्वास कम्पनीले लिएको मानन्धरले बताए ।

एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी ८ फ्रेनचाइज टिमहरूले राउन्ड–रोबिन फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् । कुल ३२ खेलहरूको रोमाञ्चक यात्रा, त्रिवि क्रिकेट मैदानमा सम्पन्न हुनेछ ।

डिशहोम सँगको यो साझेदारी, नेपालमा क्रिकेटको नयाँ युगको सुरुआत हो र नेपाली क्रिकेटको भविष्य उज्जवल बनाउनको लागि सशक्त कदम पनि हो । साथै, यस साझेदारीले डिशहोमलाई नेपाली क्रिकेटको उत्साह र समर्थन अझ सशक्त बनाउन नयाँ मार्गदर्शन प्रदान गरेको छ ।

एनपीएल को पहिलो सिजन १५ मङ्सिरदेखि ६ पौष २०८१ सम्म (३० नवम्बर देखि २१ डिसेम्बर २०२४) हुँदैछ । डिशहोम, नेपालको अग्रणी टेलिभिजन र इन्टरनेट सेवा, तथा डाटा सेन्टर सेवा प्रदायक कम्पनी, सधैं नेपाली खेलकुद र क्रिकेटको विकासमा साझेदार बन्न प्रतिबद्ध रहँदै आएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...